कांग्रेस क्षेत्र नं. २ को सचिवमा निरोज प्रसाद नेपालको उम्मेदवारी घोषणा

अधिवक्ता निरोज प्रसाद नेपालले नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत काभ्रेपलाञ्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ को सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

नेपालले क्षेत्रीय सचिव पदमा आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै पार्टी संगठनलाई थप सुदृढ, प्रभावकारी र गतिशील बनाउन आफू प्रतिबद्ध रहेको बताएका छन् । उनले आगामी नेतृत्व चयन प्रक्रियामा आफूलाई विजयी गराउन क्षेत्रीय प्रतिनिधि तथा पार्टी कार्यकर्तासँग आग्रह गरेका छन् ।

उम्मेदवारी घोषणासँगै उनले मजबुत संगठन निर्माण, जिम्मेवार नेतृत्व विकास तथा समृद्ध काभ्रे निर्माणका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन् । पार्टीका सबै तहका नेता–कार्यकर्ता र शुभेच्छुकसँग सहकार्य गर्दै संगठनलाई थप एकताबद्ध र जनमुखी बनाउने आफ्नो प्राथमिकता रहने उनको भनाइ छ ।

नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै काभ्रेमा विभिन्न पदका आकांक्षीहरूले उम्मेदवारी घोषणा गर्ने क्रम बढिरहेको छ । क्षेत्रीय तथा स्थानीय तहका नेतृत्वका लागि तयारी तीव्र बन्दै जाँदा पार्टीभित्र चुनावी गतिविधि समेत सक्रिय हुन थालेका छन् ।

तपाईको प्रतिक्रिया