प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब रुपियाँ

रसुवाको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ। प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै नेपाल सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमार्फत बाढी प्रभावितका लागि आर्थिक सहयोग जुटाइरहेको छ र यसमा सहयोग आउनेक्रम बढ्दै गरेको जानकारी दिनुभयो।

उहाँका अनुसार राहत कोषमा बुधबारसम्म सात अर्ब ८८ लाख ५७ हजार २१७ रुपियाँ जम्मा भएको छ । जसमध्ये हिजो मात्रै उक्त कोषबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई एक अर्ब निकासा गरिएको थियो। त्यसमध्येबाट छ करोड ७५ लाख रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका बाढी प्रभावित १५ वटा पालिकामा निकास भइसकेको छ।

उक्त कोषमा हाल छ अर्ब ८८ लाख ५७ हजार २१७ मौज्दात रहेको छ भने थप ६१ लाख ४१ हजार ७०२ अमेरिकी डलर जम्मा भएको छ।

तपाईको प्रतिक्रिया