
मण्डनदेउपुर/काभ्रेको मण्डनदेउपुर नगरपालिकामा पछिल्लो समय चोरीका घटना बढ्दै गएका छन् । घर फोर्ने, नगद तथा सुनचाँदी चोरी गर्ने मात्र होइन, सार्वजनिक धाराका टुटी र घरका भाडाकुँडा हराउने घटना समेत दैनिकजसो हुन थालेपछि स्थानीय त्रसित बनेका छन् ।
एक महिना अघि धान रोप्न खेततर्फ गएका बेला वडा नं. ८ भज्याङ डुडेपाखास्थित माधव चौलागाईको घर दोस्रो पटक चोरी भयो । परिवारका सदस्य खेतमा रहेका मौका छोपेर चोरले घरभित्र पसेर नगद तथा अन्य सामग्री लगेको परिवारको भनाइ छ । चौलागाई परिवारले अघिल्लो वर्ष पनि लाखौँ रुपैयाँ बराबरको चोरी व्यहोरेको थियो । लगातार दोस्रो पटक चोरी भएपछि परिवार अहिले मानसिक तनावमा रहेको छ । प्रहरीले खासै वास्ता नगरेको र प्रहरीसँग चोर डराउनै छाँडेको गुनासो उनीहरुको छ । यो एक महिनामा मण्डनदेउपुरमा १५ भन्दा धेरै चोरीका घटना भएका छन् । मण्डनदेउपुरमा तीन वटा साना चौकी छन् । जहाँ मुस्किलले ३० जना प्रहरी सेवारत छन् ।
स्थानीयका अनुसार पछिल्ला केही महिनादेखि मण्डनदेउपुरका विभिन्न बस्तीमा अपरिचित व्यक्तिको आवतजावत बढेको छ । रातमा धारा, भाडाकुडा चोरेपनि दिउँसो भने घर फुटाउने क्रम बढेको हो ।
ग्रामीण क्षेत्रमा प्रहरी गस्ती कमजोर हुँदा चोर समूह सक्रिय बनेको स्थानीयको गुनासो छ । पहिला घर फोड्ने घटना मात्रै सुनिन्थ्यो, अहिले त धाराको टुटी, ग्यास सिलिण्डर, भाडाकुँडा समेत हराउन थाले,Æ स्थानीयवासी बताउँछन् ।
विशेषगरी खेतीपातीको सिजनमा अधिकांश परिवार खेतबारीमा व्यस्त रहने भएकाले सडक छेउका घर चोरको निशानामा पर्ने गरेका छन् । कतिपय घरमा ज्येष्ठ नागरिक मात्र बस्ने भएकाले उनीहरू असुरक्षित महसुस गर्न थालेका छन् । …अब बुढा बा आमालाई घरमा एक्लै छाँडेर हिड्ने अवस्था नहुने भयोÚ एक स्थानीयले गुनासो गरे ।
स्थानीय जनप्रतिनिधि र प्रहरी प्रशासनसँग पटक–पटक सुरक्षा व्यवस्था कडा बनाउन माग गरिए पनि प्रभावकारी निगरानी हुन नसकेको गुनासो बढ्दो छ । नागरिकले रातिको गस्ती बढाउन, सीसी क्यामेरा जडान गर्न र गाउँस्तरमै सामुदायिक सुरक्षा संयन्त्र सक्रिय बनाउनुपर्ने माग गरेका छन् ।
चोरीका घटनाले मण्डनदेउपुरका नागरिकमा त्रास मात्र होइन, गाउँको सामाजिक विश्वाससमेत कमजोर बनाउँदै लगेको स्थानीयको भनाइ छ । æअब त घरमा ताला लगाएर बाहिर जान पनि डर लाग्ने अवस्था आयो,Æ एक स्थानीयले दुःखेसो पोख्नुभयो ।
मण्डनदेउपुरमा बढ्दो चोरी : घरदेखि धाराको टुटीसम्म असुरक्षित
2026-05-19T06:14:22+05:45

तपाईको प्रतिक्रिया