युवाहरूलाई नि शुल्क मोबाइल मर्मत तालिम

काभ्रे — स्थानीय स्तरमै युवाहरूलाई सीपमूलक तालिममार्फत स्वरोजगार बनाउने उद्देश्यले काभ्रेपलाञ्चोकमा निःशुल्क मोबाइल मर्मत तालिम सञ्चालन गरिएको छ । धुलिखेल नगरपालिका वडा नं. ४ मा रहेको सामाजिक जागरण मञ्चको आयोजना तथा सामाजिक विकास मन्त्रालय अन्तर्गत सामाजिक विकास कार्यालय काभ्रेपलाञ्चोकको आर्थिक सहयोगमा ६५ दिने निःशुल्क मोबाइल मर्मत तालिम सञ्चालन गरिएको हो ।

शुक्रबार आयोजित समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै धुलिखेल नगरपालिकाका कार्यवाहक मेयर निराजन जङ्गमले स्थानीय सरकार प्रदेश सरकारसँग सहकार्य गर्दै युवाहरूलाई रोजगार र स्वरोजगारतर्फ उन्मुख गराउन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए । उनले सीप कहिल्यै सानो नहुने उल्लेख गर्दै सिकेको सीपलाई व्यवहारमा उतार्न सके आत्मनिर्भर बन्न सहज हुने धारणा राखे ।

सामाजिक विकास कार्यालय काभ्रेका अधिकृत मञ्जु कार्कीले युवाहरूका लागि सरकारले विभिन्न प्रकारका सीपमूलक तालिम सञ्चालन गर्दै आएको जानकारी दिइन् । “नेपालमै केही गरौं भन्ने उद्देश्यका साथ युवाहरूलाई रोजगारमुखी सीप प्रदान गरिएको हो । सिकेको सीपले स्वदेशमै मात्र नभई विदेशमा समेत आम्दानीको अवसर सिर्जना गर्न सक्छ,” उनले भनिन् ।

धुलिखेल नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष उत्तम तिमल्सिनाले विदेश जानुभन्दा पनि नेपालमै केही गर्न सकिन्छ भन्ने उदाहरणका रूपमा मोबाइल मर्मत तालिमलाई लिन सकिने बताए । उनले युवाहरूले सीप सिकेर आत्मनिर्भर बन्नुपर्नेमा जोड दिए ।

सामाजिक जागरण मञ्चका अध्यक्ष पृथ्वी थापाले तालिमबाट सिकेको ज्ञानलाई व्यवहारमा लागू गर्न सके मात्र त्यसको वास्तविक प्रतिफल प्राप्त हुने बताए । युवाहरूलाई सक्षम र आत्मनिर्भर बनाउने उद्देश्यले संस्थाले गैरनाफामूलक रूपमा समाजका विभिन्न क्षेत्रमा काम गर्दै आएको उनले जानकारी दिए । कार्यक्रममा सस्थाको कोषाध्यक्ष बिष्णु शर्मा , सदस्यहरु बिनोद पराजुलि, पुर्ण कर्मचार्य, राम गोपाल घले, श्रीराम थापा लगायतको उपस्थिति कार्यक्रममा स्वागत मन्तब्य सस्थाको उपाध्यक्ष हरी गोपाल प्रधानग संचालक साचिब कमल बहादुर रायले गरिएको थियो  । तालीम ३० जना सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया