
पनौती÷बिहावर क्षेत्रकै उत्कृष्ट पटक पटक प्याब्सन बेष्ट स्कुल अफ द ईयर र पनौती नगरपालिकाबाट पटक–पटक उत्कृष्ट विद्यालयको उपाधि पाएको न्यू राईजिङ इङ्गलिस स्कुल पनौती १ रयालेको ३१ औं बार्षिकोत्सव, अभिभावक दिवस, एसईई उतिर्ण विद्यार्थी सम्मान तथा स्काउट दिक्षान्त शनिबार भव्य समारोहका बीचमा सम्पन्न भएको छ ।
प्याब्सनका केन्द्रीय उपमहासचिव भिमसेन केसीले मुलुकको शैक्षिक गुणस्तरमा नीजि क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले बिहावर क्षेत्रको रयालेमा रहेको न्यू राईजिङ्गले स्थानीय स्तरमा पु¥याएको योगदानको प्रशंशा गरे । २०५२ सालदेखि हालसम्म आईपुग्दा विद्यालयको प्रगति निक्कै राम्रो र उत्कृष्ट रहेको भन्दै प्रशंसा गर्नुभयो । विद्यालयको भौतिक, शैक्षिक प्रगति गुणस्तरीय भएको बताउनुभयो । उहाँले ग्रामीण भेगमा रहेर पनि सहरका विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता न्यु राईजिङसँग रहेको बताउनुभयो ।

विद्यालयका प्रवन्ध निर्देशक कुलप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा एसईईमा छात्र तर्फ जिल्ला प्रथम हुने अनुराग सापकोटालाई नगद ५ हजार सहित सम्मान गरिएको थियो । सापकोटाले ३.९६ जिपिए प्राप्त गरेर जिल्ला प्रथम हुनुभएको थियो । २४ जना विद्यार्थीहरुले एसईई दिएकोमा २० जनाले ३.६० भन्दा धेरै जिपिए प्राप्त गरेका थिए । उनिहरुलाई विद्यालयका तर्फबाट नगद २ हजार र मायाको चिनो सहित सम्मान गरिएको प्रिन्सिपल विमल न्यौपानेले जानकारी दिनुभयो ।

‘२०५२ सालमा ८७ जना विद्यार्थीहरु मार्फत प्रारम्भ भएको विद्यालयले विभिन्न कालखण्डमा ब्यहोरेका चुनौतीहरुको सामना गर्दै सयौ विद्यार्थीहरुलाई उत्कृष्ट गुणस्तर सहित उच्च शिक्षाका लागि पठाएको छ’–प्रिन्सिपल न्यौपानेले भन्नुभयो, ‘विद्यालयमा चालु शैक्षिक सत्रमा ६ सय ५० भन्दा धेरै विद्यार्थी अध्ययन गरिरहेका छन् भने ५५ भन्दा धेरै शिक्षक कर्मचारीहरु कार्यरत छन् । आफ्नै पूर्वाधारमा संचालन भएको विद्यालयमा २०८० असोज १०–१२ मा भएको विपदले पु¥याएको क्षतिबाट उठ्दै आगामी शैक्षिक सत्रमा थप डिजिटलाईजेशन गर्ने योजनामा छ ।’
विद्यार्थी, अभिभावक र शिक्षकका एप संचालनमा ल्याई विद्यार्थीका बारेमा सबैले मनिटरिङ्ग गर्न सकिने गरी कक्षा कोठाको ब्यवस्थापन गरिएको छ । स्मार्ट बोर्ड, सिसि क्यामेरा, विद्यार्थीहरुलाई अतिरिक्त कृयाकलाप अन्र्तगत तेक्वान्दो, गित, संगित, स्काउट, ल्यावहरु, आर्ट तथा अन्य कक्षाहरु संचालन गरिरहेको प्रवन्ध निर्देशक कुलप्रसाद सापकोटाले बताउनुभयो । विद्यालयले शैक्षिक गुणस्तरमा प्राप्त गरेको उत्कृष्टताका आधारमा नगर स्तरमा उत्कृष्ट विद्यालयका रुपमा सम्मान भएको छ भने प्याब्सन अन्र्तगत बेस्ट स्कुल अफ द इएर मार्फत सम्मान भएको छ ।

लेखन प्रतियोगितामा नगर स्तरमा प्रथम भएको छ भने अन्य कृयाकलापमा पनि विद्यालय उत्कृष्ट हुँदै आएको छ । दक्ष जनशक्ति उत्पादनका लागि जीवनपयोगी शिक्षा प्रदान गर्ने उदेश्यले बालमैत्री, प्रविधीमैत्री शिक्षाका लागि आवश्यक पुर्वाधार, जनशक्ति र श्रोत साधनको ब्यवस्थापन गरिएको प्रवन्धक निर्देशक सापकोटाले बताउनुभयो । सोही अवसरमा एसईईमा उतिर्ण भएका विद्यार्थीका अभिभावकलाई सम्मान गरिएको हो । बालबालिकाको सफलताको पछि अभिभावकको योगदान धेरै हुने भएकाले सम्मान गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा कक्षा ७ र ८ अध्ययन गर्ने ८० जना स्काउटका विद्यार्थीहरुलाई दिक्षित गरिएको थियो । हाउस अफ द ईएर अन्र्तगत विद्यालयमा रहेका समुहहरुलाई सम्मान गरिएको थियो । उत्कृष्ट शिक्षक सम्मान गरिएको थियो । विद्यार्थीहरुले सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेल लगायतका पदाधिकारीहरु, वडा अध्यक्ष जयबहाददुर लामा, विभिन्न विद्यालयका प्रिन्सिपल तथा प्रधानाध्यापकहरु, शिक्षकहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बेदप्रसाद सापकोटा तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रम शिक्षक भरत सापकोटाले संचालन गर्नुभएको थियो भने स्वागत मन्तब्य विद्यार्थी योजना सापकोटाले राख्नुभयो । विद्यार्थीले लाईभ गित र संगित प्रर्दशन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया