
श्रीखण्डपुर÷भौतिक, शैक्षिक रुपमा उत्कृष्ट बन्दै गईरहेको श्रीखण्डपुरमा अवस्थित सेन्टलम एल्वम एकेडेमीले २० औ बार्षिकोत्सव, अभिभावक दिवस,एसईई र कक्षा १२ उतिर्ण विद्यार्थीहरुलाई सम्मान तथा विदाई कार्यक्रम भव्य रुपमा शनिबार विद्यालय प्राङ्गणमा भव्य रुपमा सम्पन्न भएको छ ।
एन प्याब्सनमा आबद्ध सो विद्यालयको अभिभावक दिवस एन प्याब्सनका केन्द्रिय महासचिव प्रकाशचन्द्र खड्काको प्रमुख आतिथ्यतामा भएको हो । उहाँले सेन्टलम एक उत्कृष्ट शैक्षिक संस्थाको रुपमा रहेको उल्लेख गर्नुभयो । उहाँले अभिभावकहरुले राम्रो विद्यालय छनौट गर्नुभएकोमा धन्यवाद व्यक्त गर्दै नयाँ शैक्षिक सत्रमा पनि नयाँ विद्यार्थी ढुक्क भएर भर्ना गराउन अनुरोध गर्नुभयो ।

खड्काले सरकारले नीजि क्षेत्रका विद्यालयहरुलाई हेर्ने दृष्टिकोण नबदल्दासम्म शिक्षामा लगानी गर्ने ब्यक्तिहरुले जतिसुकै राज्यका लागि योगदान गरे पनि सम्मान हुन नसक्ने बताउनुभयो ।
नीजि क्षेत्रबाट सञ्चालित विद्यालयहरुले प्रदान गरेको शिक्षाले राष्ट्रको समेत शान बढेको बताउँदै उनले नीजि क्षेत्रलाई माया, सम्मान, संरक्षण र उत्प्रेरणा जरुरी रहेको उनले बताए विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अमन पोटेले अध्यक्षता ग्रहण गर्नहुँदै भौतिक, शैक्षिक तथा व्यवस्थापन पक्षमा निरन्तर रुपमा लगानी बढाएको बताउनुभयो । उहाँले अभिभावकको सल्लाह र सुझाव अनुसार विद्यालयले निरन्तर रुपमा काम गरिरहेको बताउनुभयो । पोटेले बदलिँदो परिस्थिती र परिवेश अनुसार विद्यार्थीहरुलाई सिक्ने, विक्ने र टिक्ने शिक्षा प्रदान गर्न विद्यालयका भौतिक संरचना, अतिरिक्त सामाग्री र शिक्षा तथा ब्यवहारीक ज्ञानमा जोड दिएको उल्लेख गर्नुभयो ।

सोही अवसरमा विभिन्न विद्यामा सम्मान गरिएको विद्यालयका प्रिन्सिपल अग्नीप्रसाद ज्ञवालीले बताउनुभयो ।
सोही अवसरमा एसईई २०७९, २०८० र २०८१ मा उतिर्ण विद्यार्थीहरुलाई सम्मानपत्र र मायाको चिनोले आगामी यात्रालाई रङ्गिग बनाउने प्रयास गरिएको उहाँले बताउनुभयो ।
कक्षा १२ उतिर्ण विद्यार्थीहरुलाई विदाई गरिएको थियो । उत्कृष्ट दुई–दुई जना विद्यार्थीहरुलाई नगद सहित सम्मान गरिएको थियो । विद्यालयले तीन वटा सन्तान विद्यालयमा भर्ना गरी अध्यापन गराईरहेका अभिभावकहरुलाई पनि सोही अवसरमा विशेष सम्मान गरिएको थियो ।
स्थापनादेखि हालसम्म विद्यालयलाई सहयोग पु¥याउने र विभिन्न रुपमा सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरेको थियो । दीर्घ सेवा शिक्षकबाट दुई जना शिक्षकहरु सम्मानित गरिएको हो ।
प्रिन्सिपल ज्ञवालीले विद्यार्थीहरुलाई संस्कार, संस्कृति र परम्परासँग जोड्दै आधुनिक प्रविधिसँग अभ्यस्त गराउँदै गुणस्तरीय शिक्षा प्रदान गरेको दाबी गर्नुभयो ।

विद्यार्थीहरुले अध्ययनसँगै व्यवहारिक ज्ञानमा जोड दिएको र अभिभावकहरुले पनि विद्यालयले प्रदान गरिरहेको व्यवहारिक ज्ञान सहितको शिक्षालाई रुचाएको विद्यालयको अनुभव रहेको उहाँले बताउनुभयो ।
।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, कोषाध्यक्ष केशवराज पौडेल, वडा अध्यक्ष विनोद खत्री, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पुर्व अध्यक्ष मोतीराम तिमल्सिना, विभिन्न विद्यालयका प्रिन्सिपलहरु, संचालक समिति, अभिभावक तथा शिक्षकहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले विद्यालयले प्रदान गरेको शिक्षा सन्तोषजनक रहेको बताउँदै बालबालिकाहरुको सिकाई गुणस्तर बढाउन सबै क्षेत्र सक्रिय रहनु पर्नेमा जोड दिनुभयो ।
पुर्व प्राथमिक तहदेखि कक्षा १२ सम्मका विद्यार्थीहरुले आफ्नो प्रतिभा देखाएका थिए । विद्यार्थीहरुलाई लाईभ पेन्टिङसम्म गरेका थिए ।

तपाईको प्रतिक्रिया