विद्यासागरका विद्यार्थीले देखाए साहित्यदेखि विज्ञानसम्मको प्रर्दशन


विद्या सागर अंग्रेजी माध्यामिक विद्यालय बनेपा, ११ का कक्षा ९ मा अध्ययरत विद्यार्थी कृजन पौडेल, कृष्टान श्रेष्ठ, निशान ढकाल, दिप्सन पौडेलको समुह दैनिक जीवनमा प्रयोग गरिने विद्युतको मिटरमा कसरी महसुल उठ्छ भन्नेबारे आफ्ना अभिभावकलाई जानकारी दिदै थिए । उनीहरुको लक्ष्य सहज र सरल विद्युतकोे खपतकोबारे अभिभावकलाई जानकारी गराउनु थियो ।
उनीहरुमात्रै हैनन् कक्षा २ मा अध्ययन गर्ने कृशला पौडेल अभिभावकलाई नम्बर बोर्डमा अभिभावकलाई खेल खेलाउँदै थिए । कृशलासँगै अर्जु श्रेष्ठको खेल देखेर अभिभावक मख्ख र दंग देखिएका थिए । कक्षा एकदेखि दशसम्मका सयौ विद्यार्थीलाई हौसला दिन अभिभावक विद्यालय परिसरमा उपस्थित हुनुभएको थियो ।
अभियन्ता राजु सरकार, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, कोषाध्यक्ष केशवराज पौडेल, बनेपा नगरपालिका वडा नं १० सदस्य शुसिल थापा, पत्रकार रोजन तामाङको उपस्थितीमा विद्यार्थीले गणित, दैनिक जीवनमा आवश्यक पर्ने कृयाकलाप, खेल मनोरञ्जनको देखाएका थिए ।


त्यतिमात्र कहाँ हो र ? नेपाली र अंग्रेजीको साहित्यका प्रहसन विद्यार्थीले देखाउँदा त्यसले अभिभावकको मन जितेको थियो । के साना कक्षा के ठूला कक्षा सबै विद्यार्थी एक भन्दा एक धेरै उत्कृष्ट देखिएका थिए ।
अभियन्ता राजु सरकारले विद्या सागरका विद्यार्थीले देखाएको प्रर्दशन एउटा सिक्ने र सिकाउने थलोको रुपमा पाएको बताउनुभयो । उहाँले हरेक विद्यार्थीका सिकाई अनुभवले विद्यार्थीले धेरै कुरा सिकाएकोमा प्रशंसा गरिएको छ । विद्यालयमा पढाई हुने हरेक बिषयका प्रर्दशन गरेर विद्यार्थीेले आफू अब्बल रहेको पुष्टि गराएको छ ।
टपरी गाँस्नेदेखि माला बनाउनेसम्म, धुप बनाउनेदेखि नेपाली र अंग्रेजी साहित्यको बर्णनसम्मका बिषय समावेश गरिएको थियो । विद्यालयका प्रिन्सिपल हिरा शर्मा नेपालले विद्यालयमा समावेश गरिएका कृयाकलापमा आधारित रहेर विद्यार्थीले सृजनालाई अभिभावकसँग साझा गरेको बताउनुभयो । यो एक बर्ष विद्यार्थी र शिक्षकले गरेको मेहनत अभिभावकसँग साझा गरेको र आगामी दिनमा सुधार गर्ने बिषयलाई समावेश गर्ने लक्ष्य लिएको उहाँले बताउनुभयो ।
विद्यालयमा लागू गरिएका रोबोटिक्स ,कारखाना, रिडिङ कल्चर, ईन्स्पाएर एजुकेशन, वेदान्त हेण्ड राईटिङ, प्ले नेपाल लगायतका कृयाकलाप विद्यार्थीले प्रस्तुत गरेका थिए ।


रोनिसा श्रेष्ठ, आसिका जोशी, प्रनिश तिमल्सिनाले आफै सेन्सर हुने गाडी बनाएका थिए । विद्यार्थीका लागि बनाएको सामाग्रीको व्यवस्थापन विद्यालयले गराएको थियो । खेतमा पानी लगाउने सेन्सर भुपेन बस्नेत, फारोेन शाक्यले देखाएका थिए । कक्षा १० का विद्यार्थीले बैंक कसरी चल्छ भन्ने पुर्ण डेमो देखाएका थिए भने फुड फेष्टिवल समेत आयोजना गरिएको थियो ।

तपाईको प्रतिक्रिया