
प्रतिनिधि सभाको निर्वाचनमा काभ्रे २ बाट उठेका एमालेका उम्मेदवार अशोक व्याञ्जुले जनताको न्यानो साथ र माया पाएका छन् । काभ्रेको धुलिखेल, बनेपा, पाँचखाल, बेथानचोक, पनौती, भुम्लु र मण्डनदेउपुुरमा जनतासँग एकाकार गर्दे घरदैलोमा पुगेका उम्मेदवार व्याञ्जुलाई जनताको मिठो माया, साथ र सर्मथन मिलेको हो । बलियो संगठन, जनताको अपार मायाले व्याञ्जु निर्वाचन जित्नेमा ढुक्क देखिएका छन् ।
२०५४ को सुरुवात ः कान्छा जनप्रतिनिधिबाट सार्वजनिक जीवनको अभ्यास
वि.सं. २०५४ साल। बहुदलीय व्यवस्थाको अभ्यास विस्तार हुँदै गएको समय । धुलिखेल नगरपालिकाको उपप्रमुख पदमा निर्वाचित हुँदा अशोक कुमार ब्याञ्जु श्रेष्ठ देशकै कान्छा जनप्रतिनिधिमध्ये एक थिए ।
त्यो जित उनको राजनीतिक उचाइको आरम्भ मात्र थिएन, सार्वजनिक सेवा र सुशासनको प्रयोगशाला पनि थियो । स्थानीय तहमा योजना छनोट, बजेट विनियोजन, कर्मचारी समन्वय र नागरिक सहभागिता जस्ता विषय उनले व्यवहारमै सिके । उनका समकालीनहरू भन्छन्—त्यस समयदेखि नै ब्याञ्जु निर्णय प्रक्रियामा तथ्य र दीर्घकालीन प्रभावलाई प्राथमिकता दिने नेता थि ।
दुई दशकको संस्थागत यात्रा ः स्थानीय सरकारको आवाज बुलन्द
उपप्रमुखको जिम्मेवारीपछि उनले आफ्नो सक्रियता स्थानीय सरकारको छाता संगठन नेपाल नगरपालिका संघ मा केन्द्रित गरे । लगातार २० वर्ष उपाध्यक्षको भूमिकामा रहँदा उनले स्थानीय तहका अधिकार, वित्तीय स्वायत्तता र नीतिगत सुधारका विषय राष्ट्रिय बहसमा पु¥याए ।
संघीयता कार्यान्वयनअघि नै स्थानीय सरकार सबलीकरणको आवाज उठाउने थोरै नेतामध्ये ब्याञ्जु पनि थिए । संघीय संविधान जारी भएपछि स्थानीय तहको संरचना र अधिकार सुनिश्चित गर्न उनले संस्थागत संवादलाई तीव्र बनाए ।
२०७४ ः धुलिखेलमा नयाँ अध्याय
संघीय संरचना लागू भएपछि २०७४ सालको स्थानीय तह निर्वाचनमा ब्याञ्जु धुलिखेल नगरपालिकाका प्रमुख निर्वाचित भए ।
उनको नेतृत्वमा नगरपालिकाले प्रशासनिक सुधारसँगै दीर्घकालीन दिगोपनलाई प्राथमिकता दियो । नगर विकासको अवधारणा ‘सडक–ढल–भवन’ बाट ‘पर्यावरण–स्वास्थ्य–शिक्षा–साझेदारी’ तर्फ मोडियो ।
धुलिखेललाई पर्यावरणमैत्री, योजनाबद्ध र नागरिकमैत्री सहर बनाउने लक्ष्यसहित नीति तथा कार्यक्रमहरू अघि बढाइए ।
शून्य कार्बनको लक्ष्य ः साहसिक पर्यावरणीय प्रतिबद्धता
ब्याञ्जुको कार्यकालमा धुलिखेलले शून्य कार्बन उत्सर्जनतर्फ उन्मुख विश्वका १५ सहरमध्ये पाँचौँ र एसियाकै पहिलो सहरको पहिचान बनायो ।
दक्षिण एसियामै पहिलोपटक जीवाश्म इन्धन अप्रसार सन्धि अभियान लागू गर्दै नगरले जलवायु उत्तरदायित्वलाई स्थानीय नीति बनायो ।
फोहोर व्यवस्थापन, नवीकरणीय ऊर्जा प्रवद्र्धन, हरित क्षेत्र विस्तार, सार्वजनिक यातायात व्यवस्थापन र नागरिक सचेतना कार्यक्रमलाई एकीकृत रूपमा अघि बढाइयो।
वातावरणीय बहसलाई ‘अन्तर्राष्ट्रिय सम्मेलन’ बाट ‘स्थानीय कार्यान्वयन’ मा रूपान्तरण गर्नु नै धुलिखेलको विशेषता बन्यो ।
दिगो विकास लक्ष्य ः योजनाबाट प्रतिवेदनसम्म
संयुक्त राष्ट्रसंघका दिगो विकास लक्ष्य अन्तर्गत शिक्षा, स्वास्थ्य, गरिबी निवारण र सुरक्षित खानेपानीका चार लक्ष्य पूरा गर्दै धुलिखेलले ‘स्वेच्छिक समीक्षा प्रतिवेदन’ सार्वजनिक ग¥र्यो ।
दक्षिण एसियामै पहिलो नगरका रूपमा यो प्रतिवेदन सार्वजनिक हुनु केवल कागजी उपलब्धि थिएन—स्थानीय शासनको विश्वसनीयताको प्रमाण थियो । धुलिखेल नेपालकै पहिलो र दक्षिण एसियाको दोस्रो ‘स्वस्थ शहर’ घोषणा हुनु यसै प्रयासको निरन्तरता हो।
अन्तर्राष्ट्रिय मञ्चमा उपस्थिति
सन् २०२१ देखि आस्पाकका अध्यक्षका रूपमा ब्याञ्जुले एशिया–प्यासिफिक क्षेत्रका स्थानीय सरकारहरूको नेतृत्व गरे । उनको नेतृत्वमा जलवायु, शहरी योजना, पर्यटन र स्थानीय आर्थिक विकासका विषय अन्तर्राष्ट्रिय सहकार्यको एजेन्डा बने । विभिन्न दातृ निकाय, विकास साझेदार र अन्तर्राष्ट्रिय संस्थासँगको समन्वयले धुलिखेलमा पूर्वाधार, तालिम र प्राविधिक सहयोग भित्र्याउन मद्दत पु¥यायो।
शिक्षा सुधार ः सामुदायिक विद्यालयमा नयाँ प्रयोग
धुलिखेल नगरपालिकाले सामुदायिक विद्यालयमा एमजीएमएल विधि लागू गर्दै विद्यार्थीकेन्द्रित सिकाइ पद्धति विस्तार ग¥यो । अंग्रेजी माध्यम कक्षा सञ्चालन, शिक्षक तालिम, प्रविधियुक्त शिक्षण सामग्री र भौतिक पूर्वाधार सुधारले सार्वजनिक शिक्षाप्रति अभिभावकको विश्वास बढाउन भूमिका खेल्यो । विद्यालय सुधारलाई उनले नगर विकासको आधार स्तम्भ माने ।
स्वास्थ्य प्राथमिकता ः स्वस्थ नागरिक, समृद्ध सहर
स्वास्थ्य क्षेत्रमा नसर्ने रोग नियन्त्रण, पोषण कार्यक्रम, महिला तथा बाल स्वास्थ्य सेवा र जनचेतना अभियान सञ्चालन गरियो । काठमाडौं विश्वविद्यालय सँग सहकार्य गर्दै अनुसन्धान, तालिम र प्राविधिक सहयोगलाई संस्थागत गरियो । स्वास्थ्य सूचना प्रणाली सुदृढीकरण तथा स्थानीय स्वास्थ्य संस्थाको स्तरोन्नतिले नगरलाई ‘स्वस्थ शहर’को पहिचान दिलायो।
विकासको बहुआयाम ः पर्यटनदेखि फोहोर व्यवस्थापनसम्म
धुलिखेलको प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदालाई पर्यटनसँग जोड्दै नगरले स्थानीय अर्थतन्त्र सुदृढीकरणको प्रयास ग¥यो । फोहोरमैला व्यवस्थापनमा स्रोतमै वर्गीकरण, कम्पोस्ट उत्पादन र प्लास्टिक न्यूनीकरण कार्यक्रम लागू गरियो । खानेपानी, शहरी योजना र बजेट पारदर्शितामा सुधार गर्दै सुशासनलाई प्राथमिकता दिइयो।
संसदतर्फको नयाँ यात्रा
स्थानीय शासन र अन्तर्राष्ट्रिय अनुभवका आधारमा नेकपा एमाले ले २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काभ्रे क्षेत्र नं. २ बाट अशोक कुमार ब्याञ्जु श्रेष्ठलाई उम्मेदवार बनाएको छ । स्थानीय तहमा दीर्घ अनुभव हासिल गरेका ब्याञ्जु अब संघीय संसदमा नीति निर्माणको भूमिकामा पुग्ने लक्ष्यसहित चुनावी मैदानमा छन्।
निष्कर्ष ः माटोबाट उठेको नेतृत्व
धुलिखेलको सानो भूगोलबाट अन्तर्राष्ट्रिय मञ्चसम्मको यात्रा कुनै संयोग होइन । त्यो योजनाबद्ध सोच, निरन्तर अभ्यास र दिगोपनप्रतिको प्रतिबद्धताको परिणाम हो । अब प्रश्न मतदाताको छ—स्थानीय सफलतालाई संघीय राजनीतिमा रूपान्तरण गर्ने अवसर दिने कि नदिने । तर एउटा तथ्य स्पष्ट देखिन्छ—अशोक कुमार ब्याञ्जु श्रेष्ठको राजनीति सधैँ माटोबाट सुरु हुन्छ, र दृष्टि भविष्यतर्फ केन्द्रित रहन्छ ।

तपाईको प्रतिक्रिया