नाइटिङ्गेलमा जुनियर फुटसल सुरु


बनेपा÷भौतिक, शैक्षिक रुपमा प्रगतिपथमा हिडेको र जिल्लाको उत्कृष्ट शैक्षिक संसथा नाइटिङ्गेल एकेडेमीले पुनः विद्यार्थीलाई एक्सपोज गरेको छ । नाइटिङ्गेल एकेडेमीमा प्रथम नाइटिङ्गेल जुनियर फुटसल प्रतियोगिताले युवा विद्यार्थी उत्पादनमा योगदान पु¥याउने लक्ष्य लिएको छ ।
बनेपा नगरपालिका वडा नम्बर १० मा रहेको नाइटिङ्गेल एकेडेमीको आयोजना र बनेपा प्याब्सनको सहकार्यमा दुइदिन चल्ने बनेपा नगरस्तरीय प्रथम नाइटिङ्गेल जुनियर फुटसल प्रतियोगिताको प्याब्सन काभ्रेका अध्यक्ष श्यामबहादुर भुजेलले रेफ्रीलाई बल दिएर खेल उद्घाटन गर्नुभयो । कार्यक्रमको उद्धाटन गदै अध्यक्ष भुजेलले खेलमा जस्तै स्वच्छ प्रतिस्पर्धाबाट सन्तुलित र सद्भावयुक्त समाज निर्माण हुने भएकोले खेलको अनुशासन अन्यत्र पनि सिकाइ रहेको उल्लेख गर्नुभयो ।


उहाँले विद्यार्थी खेलाडीहरुलाई आत्मविश्वासका साथ खेलको अनुशासनमा रहेर खेल खेल्न अनुरोध गर्नुभयो । फुटसल एउटा खेल मात्र नभइ विद्यार्थीको अनुशासन बृद्धि गर्ने माध्ययम भएकाले यसले उनीहरुको शारिरीक तथा मानसिक क्षमताको विकास गर्न सहयोग गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमका विशेष अतिथि बनेपा प्याब्सनका अध्यक्ष महेन्द्र विष्टले खेल भनेको भविष्यको लगानी भएको र आजको विद्यार्थी भोलिको असल खेलाडी पनि भएको बताउँदैे पढाईसँगै खेललाई पनि प्राथमिकतामा राख्न अनुरोध गर्नुभयो । उद्घाटन समारोहमा उपस्थित सबैलाई विद्यालयकी प्रिन्सिपल उमा बस्नेतले स्वागत गर्दै विद्यार्थीका लागि फुटसल निकै महत्वपूर्ण रहेको विश्वास दिलाउनुभयो ।


विद्यालयका संचालक समितिका अध्यक्ष रत्नकुश रंजितकारले विद्यालयले खेलाडी उत्पादन गर्ने उदेश्यले नाइटिङ्गेल क्लब स्थापना गर्ने बताउनुभयो । उहाँले नाइटिङ्गेलमा रहेको फुटसल मैदान सबै विद्यार्थीका लागि साझा भएको जानकारी दिनुभयो । उहाँले उच्च स्तरीय बाँस्केटबल कोर्ट र स्विमिङ पुल छिट्टै नाइटिङ्गेलमा खुल्ने उल्लेख गर्नुभयो ।

 

तपाईको प्रतिक्रिया