विद्यार्थीको पोषण, स्वास्थ्य र शिक्षामा ध्यान दिईरहेको ईसा मेमोरियल २० औं बर्षमा

बनेपा÷एउटा विद्यालयले विद्यार्थीको पोषण, स्वास्थ्य,सुरक्षामा विशेष ध्यान दिन्छ भने अभिभावकको मन अवश्य जित्छ । त्यस्तै, भुकम्प प्रतिरोधी भवन, राम्रोसँग घाम लाग्ने र गर्मीमा पनि शितल आउने उचो भागमा भएको जग्गामा उच्च स्तरीय कोरियन प्रविधिबाट बनेको आकर्षक रिर्सोट जस्ता देखिने भवन, स्वास्थ्य र पोषणलाई विशेष प्राथमिकतामा राख्ने ईसा मेमोरियल स्कुलको २० औं बार्षिकोत्सव बिहीबार भव्य कार्यक्रमबीच सम्पन्न भएको छ ।
एउटा सफल विद्यालयले हरेक कुरा फरक र उत्कृष्ट ढंगले पुरा गर्छ भने उदाहरण बनेको छ, बनेपा–६ बुडोलमा अवस्थित ईसा मेमोरियल स्कुल । विद्यालयले भव्य समारोहका बीचमा २० आंै बार्षिकोसत्व मनाएको छ ।

निजी तथा आवाशिय विद्यालय अग्रनाईजेशन प्याब्सनका केन्द्रीय उपमहासचिव भिमसेन केसीले प्राथमिक तहमा काभ्रेकै नमूना विद्यालयको रुपमा ईसा मेमोरियलले आफूलाई स्थापित गरेको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले ईसाले समुदायमा शिक्षाको बीउ रोपेर अंकुरण गरिरहेको उल्लेख गर्नुभयो ।
प्याब्सन काभ्रेका अध्यक्ष श्यामबहादुर भुजेलले ईसा काभ्रेको उत्कृष्ट शैक्षिक संस्था भएको भन्दै प्रशंसा व्यक्त गर्नुभयो । उहाँले शिक्षाको विकासमा ईसाको महत्वपुर्ण भुमिका भएको उल्लेख गर्नुभयो ।
बनेपा नगरपालिका वडा नं ७ का अध्यक्ष हिटलर शाक्यले आफ्नो नगरमा एउटा उत्कृष्ट शैक्षिक संस्थाको विकास भएको उल्लेख गर्नुभयो ।


विद्यालयका प्रिन्सिपल प्रशन्न जोशीले विद्यालयले हासिल गरेको उपलब्धीलाई अभिभावकको सामु सार्वजनिक गर्नुभयो । विद्यालयको सुरुवात वि.सं. २०६० साल (सन्२००३) देखि सानो प्रयासका साथ “चाइल्ड केयर” को रूपमा केवल छ जना विद्यार्थीबाट भएको थियो । औपचारिक रूपमा भने वि.सं. २०६५ साल (सन्२००७) देखि विद्यालय सञ्चालनमा आएको अभिभावक दिवसमा जोशीले उल्लेख गर्नुभयो । सानो बीउबाट रोपिएको यो शैक्षिक बिरुवा आज लामो समयको निरन्तरता, मेहनत र विश्वासका कारण स्थिर र सफल संस्थाको रूपमा स्थापित भएकोमा उहाँले सबैलाई धन्यवाद दिनुभयो ।


विद्यालयबाट आफ्नो शैक्षिक यात्रा सुरु गरेका धेरै विद्यार्थीहरू आज डाक्टर, इन्जिनियर लगायत विभिन्न क्षेत्रमा उल्लेखनीय सफलता हासिल गर्दै अगाडि बढिरहनु भएको छ । उनीहरूको सफलता हाम्रो प्रेरणाको स्रोत बनेको छ । हाल विद्यालयमा प्राथमिक तहसम्म कक्षा पाँच सम्म सञ्चालन भइरहेको छ (हाल कक्षा ४ सम्म नियमित कक्षा सञ्चालनमा रहेको अवस्था) । यस शैक्षिक सत्रमा ३०० जना विद्यार्थीहरूले अध्ययन गरिरहेका छन् । साथै, २२ जना शिक्षक तथा कर्मचारीहरूलाई रोजगारी प्रदान गर्न विद्यालय सफल भएको सो अवसरमा प्रिन्सिपल जोशीले बताउनुभयो ।
विद्यालयले सुरुदेखि नै विद्यार्थीहरूको स्वास्थ्य र पोषणलाई विशेष प्राथमिकता दिएको छ । त्यसैले विद्यालय परिसरमै सञ्चालन भइरहेको क्यान्टिनमार्फत विद्यार्थी तथा कर्मचारीहरूलाई ताजा, स्वच्छ र पोषणयुक्त खाना–खाजा उपलब्ध गराउँदै आएको दाबी विद्यालयको छ ।
यसले विद्यार्थीहरूको स्वास्थ्य, अनुशासन र नियमिततामा सकारात्मक प्रभाव पारेको छ । विद्यालय प्राकृतिक रूपमा अनुकूल स्थानमा अवस्थित छ, जहाँ बिहानदेखि बेलुकीसम्म पर्याप्त घाम लाग्ने वातावरण रहेको छ । यसले विद्यार्थीहरूको स्वास्थ्य, ऊर्जा र सिकाइ प्रक्रियामा सकारात्मक प्रभाव पारिरहेको छ । साथै, विद्यालय भवन भूकम्प प्रतिरोधी आधुनिक प्रविधिबाट निर्माण गरिएको छ । कोरियन उच्च प्रविधिबाट बनेको विशेष प्यानल प्रयोग गरी निर्माण गरिएको भवनले भूकम्पको जोखिम न्यून गर्नुका साथै जाडोमा न्यानोपन र गर्मी शीतलता प्रदान गर्ने विशेषता बोकेको छ । यसले सम्पूर्ण अभिभावक तथा शिक्षक–कर्मचारीहरूलाई सुरक्षित र ढुक्क वातावरण प्रदान गरेको छ । यसका साथै, विद्यालयको आफ्नै सिस्टर संस्था रेडियो सेफर्ड ८८.४ मेगाहर्ज धुलिखेलमार्फत विद्यार्थीहरूलाई रेडियो कार्यक्रम सञ्चालन गर्ने अवसर प्रदान गरिएको छ । त्यस्तै, चितवनस्थित सेफर्ड एफ.एम. ८९.२ मेगाहर्जमा समेत कार्यक्रम प्रस्तुति गर्ने अवसर मिलाइएको छ । यसले विद्यार्थीहरूको सञ्चार सीप, आत्मविश्वास, नेतृत्व क्षमता तथा सृजनात्मक सोच विकासमा महत्वपूर्ण योगदान पु¥याएको छ ।
विद्यालयलाई क्रमशः कक्षा १० सम्म विस्तार गर्ने स्पष्ट लक्ष्यसहित अगाडि बढिरहेका छौं । गुणस्तरीय शिक्षा, अनुशासित वातावरण, दक्ष शिक्षक–शिक्षिका र अभिभावकहरूको निरन्तर साथ–सहयोगका माध्यमबाट यो लक्ष्य अवश्य पूरा गर्ने दृढ संकल्प लिएको उहाँले बार्षिकोत्सवमा उल्लेख गर्नुभयो । बार्षिकोत्सवमा विद्यार्थीले आफ्नो प्रस्तुती दिनुभएको थियो । कार्यक्रममा संस्थाको अध्यक्ष सुर्यप्रभा शाक्यको सभापतित्वमा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया