भुम्लुमा एमाले उम्मेदवारलाई बाजा बजाएर स्वागत

भुम्लुमा एमाले उम्मेदवारलाई बाजा बजाएर स्थानीयले स्वागत गरेका छन् । एमाले काभ्रे–२ का प्रत्यक्षतर्फको उम्मेदवार अशोककुमार व्याञ्जु श्रेष्ठ र समानुपातिक उम्मेदवारलाई बाजा बजाएर स्वागत गरेका हुन् ।
एमालेले सुरु गरेको चुनावी अभियानलाई भुम्लुले मिठो स्वागत गरेको हो । भुम्लुमा एमाले पहिलो पार्टी नै रहेको पुष्टि गरेको अध्यक्ष चन्द्रबहादुर तामाङले बताउनुभयो । एमालेका नेता प्रेम लामाले भुम्लु एमालेको किल्ला नै रहेको बताउनुभयो । उम्मेदवारहरुले जनताको शिर निहुराउने काम गर्न नदिने प्रतिबद्धता जनाउनुभयो ।

तपाईको प्रतिक्रिया