प्याब्सन काभ्रेको उत्कृष्ट जिल्ला परिषद्, एकताको सन्देश

निजी तथा आवासिय विद्यालय अग्रनाईजेसन नेपाल (प्याब्सन) नेपालकै उत्कृष्ट जिल्ला शाखा बनेको जिल्ला परिषद्मा सहभागी अतिथी वक्ताहरुले उल्लेख गर्नुभएको छ ।
बनेपा, धुलिखेल, पनौती, पाँचखालको परिषद् सकेर सोमबार प्याब्सन काभ्रेले जिल्ला परिषद् सम्पन्न गरेको हो । नगरले उत्कृष्ट व्यवस्थापनमा परिषद् गरेपछि त्योभन्दा उत्कृष्ट गर्ने दवावका बीच सागाँस्थित फर्चुन रिर्सोटमा प्याब्सन काभ्रेले केन्द्रीय पदाधिकारी, संचारकर्मी र सरोकारवाला निकायलाई साक्षी राखेर सर्वाेकृष्ट जिल्ला परिषद्को आयोजना गरेको हो ।
प्याब्सन काभ्रेका अध्यक्ष श्यामबहादुर भुजेलले सबैको साझा प्रयासले संस्था यो अवस्थामा आएको उल्लेख गर्नुभयो । उहाँले काभ्रेमा प्याब्सनिष्टहरुको एकताले नै प्याब्सन काभ्रेलाई थप उचाईमा पु¥याउन सकेको र अझैपनि धेरै काम गर्न बाँकी रहेको भुजेलले सभामा उल्लेख गर्नुभयो । सभापतित्व ग्रहण गर्दै भुजेलले काभ्रेले केन्द्र र प्रदेशले गर्ने हरेक कार्यक्रममा उत्कृष्ट सहभागिता जनाएको र केन्द्रले पनि राम्रो मुल्याकन गरेको बताउनुभयो ।

प्याब्सन केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारीले प्याब्सन आबद्ध विद्यालयले गरिब, जेहेन्दार, सिमान्तकृत समुदायका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न अग्रसर हुन अनुरोध गर्नुभयो । उहाँले निजी क्षेत्रबाट सञ्चालित विद्यालयहरुको अवस्था, आगामी योजना र सम्भावित जोखिमका बारेमा सहभागीहरुलाई उत्प्रेरणामुलक मन्तव्य राख्नु भएको थियो । उहाँले देशभरका नीजि विद्यालयहरुको संस्थागत विकासका लागि एक हुँदै गुणस्तरीय शिक्षामा ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।

प्याब्सन काभ्रेका बरिष्ठ उपाध्यक्ष सुजेन्द्र श्रेष्ठले अग्रजको प्रेरणा सहकार्यले प्याब्सन काभ्रे अघि बढ्ने उल्लेख गर्नुभयो । जिल्ला परिषद्मा केन्द्रीय सह–अध्यक्ष किशोर कुमार गौतम, महासचिव आर.वि.कटुवाल, उपमहासचिव केन्द्रिय प्याब्सन भिमसेन केसी, बागमती प्रदेश अध्यक्ष मुरारी प्रकाश संजेल, सचिवालय सदस्य हिरा शर्मा नेपाल, काठमाडौ जिल्ला अध्यक्ष नवराज भट्ट, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोदकुमार न्यौपाने, पब्लिकेशनका मदन ढुंगाना लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
प्याब्सन काभ्रेका उपाध्यक्ष बसन्तराज नेपालले धन्यवाद ज्ञापन गरेको जिल्ला परिषद् सचिव विमल न्यौपानेले संचालन गर्नुभएको थियो ।

परिषद्को बन्द सत्रमा अध्यक्ष श्यामबहादुर भुजेलले समग्र प्याब्सन काभ्रेको अवस्थाका बारेमा धारणा राख्नुभएको थियो ।
जिल्ला सचिव बिमल न्यौपानेले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा कोषाध्यक्ष अर्जुन थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । सांगठनिक र आर्थिक प्रतिवेदन उपर उठेका जिज्ञासाहरुलाई सम्बोधन गर्दै अध्यक्ष भुजेलले परिषद्को बन्द सत्र समापन गर्नुभएको थियो । सो अवसरमा बर्षभरीमा विभिन्न कार्यक्रम आयोजना गर्न सहयोग गर्ने विद्यालयलाई सम्मान गरिएको थियो । एक बर्षअघि निर्वाचनबाट काभ्रेमा नयााँ समिति चयन भएपछि काभ्रेमा एकता छैन की भन्ने सन्देशलाई जिल्ला परिषद्ले पुर्ण रुपमा तोडेको छ । काभ्रे प्याब्सन एक ढिक्का भएर अघि बढेको सन्देश दिएको सहभागीले उल्लेख गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया