उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पनि राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत नै राजनीतिक यात्रा अघि बढाउन सहमत भएका छन् । कमलपोखरीस्थित रास्वपा पूर्वसांसद् अशिम शाहको घरमा भइरहेको छलफलमा सहमति जुटेको रास्वपाका एक नेताले बताए । ‘सहमतिको मस्यौदा तयार पार्ने काम भइरहेको छ, केहीबेरमा हस्ताक्षर हुनेछ,’ उनले भने ।
यसअघि रास्वपा सभापति लामिछाने र नेता बालेन्द्र शाहबीच छलफल चलिरहेको ठाउँमा काउन्सिल अफ जेन–जीका सुधन गुरुङले उज्यालो नेपाल पार्टीका कुलमान घिसिङलाई लिएर गएका थिए ।
तीनै जना एक ठाउँमा हुनुपर्ने भन्दै उनले बौद्धमा रहेको एक होटलमा समानुपातिक सूची बनाइरहेका कुलमानलाई आफ्नो गाडीमा राखेर रवि–बालेन भए ठाउँमा लगेका थिए । त्यसपछि भएको संवादमा सहमति जुटेको नेताहरुले बताएका छन् ।
रास्वपा स्रोतका अनुसार, कुलमानलाई अहिले समानुपातिक सूचीमा १० प्रतिशत हिस्सा लिएर एकतामा आउन भनिएको छ । तर, कुलमानले चाहिँ ३० प्रतिशत मागेका थिए । समानुपातिकमा बालेन्द्र पक्षलाई ४० प्रतिशत दिने सहमति भइसकेको छ ।

तपाईको प्रतिक्रिया