गैरीबिसौना÷काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका वडा नं ५ का वडाअध्यक्ष हर्क घिसिङ निरन्तर जनताको सेवामा तल्लिन भएर लाग्नु भएको छ । बर्षादमा अनावश्यक पानीले बाटोलाई असर पार्नेदेखेपछि आफै कोदाली बोकेर सडकको पानी मिलाउन लागेको देखिने घिसिङ जनताका काम भनेपछि हुरुक्कै हुन्छन् । प्रचारमा आउन नचाहने तर जनताको काम लुरुलुरु गर्ने उनको बानीले जनता भने औधी खुसी छन् ।
पछिल्ला दिनमा जाडो बढ्न थालेपछि अपाङ्गता भएका व्यक्तीलाई न्यायो कपडा आवश्यक पर्नेदेखिपछि उहाँले आफ्नो वडाका जनप्रतिनिधिसँग सल्लाह गरेर चिसोमा ब्लाङकेट हस्तान्तरण गरेका छन् । उहाँको काम देखेर जनताले असल सेवकको रुपमा परिभाषित गरिदिएका छन् ।
उहाँको पहलमा पुरातत्व विभागसँगको समन्वयमा ऐतिहासिक ब्रम्हायणी मन्दिरको पछाडीको भागमा पहिरो नियन्त्रणका लागि काम गरेका छन् । हालैमात्र आफ्नो वडाका १३० जनाको आँखा जाँच गराएर मोतियाविन्दुको अप्रेशन १०जना र आँखामा मासु पलाएकाहरुको सफल अप्रेशन गराउन सफल हुनुभएको छ । कृषि सडक जोगाउन हिम पाईप राख्ने, बाटो सोहोर्ने काममा उहाँ अरुभन्दा अघि देखिनु भएको छ ।
निशुल्क स्वास्थ्य शिविर, सडकमा ढलेका रुख पछ्याउन उहाँकै अग्रसरता देखिएको छ । अरुले जे भनोस् त्यसलाई वेवास्ता गर्दै जनताका सेवाका लागि वास्ता गर्ने नमूना वडाअध्यक्ष बन्न पुग्नु भएको छ । सडकको नापजाँच गर्ने, जेष्ठ नागरिकका लागि राष्ट्रिय परिचयपत्र बनाउन नेतृत्वकारी भुमिका निर्वाह गरिरहेका छन् ।
हर्क घिसिङ निरन्तर जनताको सेवामा
2025-12-28T18:47:35+05:45

तपाईको प्रतिक्रिया