समाज विकास तथा वातावरण सुधार नेपालको अयोजनामा र राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको सहयोग तथा साना किसान कृषि सहकारी संस्थाको सहजीकरणमा धुलिखेल नगरपालिका–२, रविओपीमा दुई वटा कृषक परिवार गठन गरिएको छ ।
धुलिखेल नगरपालिका वडा नं.२ का वडा अध्यक्ष अर्जुन न्यौपाने, समाज विकास तथा वातावरण सुधार नेपालका प्रबन्ध संचालक कवि पुडासैनी तथा साना किसान कृषि सहकारीका अध्यक्ष सालिकराम न्यौपानेको उपस्थितिमा कृषक परिवार गठन गरिएको हो ।
साना किसान कृषि सहकारी संस्था लि.का प्रबन्धक रमेश कोइरालाले कृषक परिवार गठन कार्यक्रमको सहजीकरण गर्नुभयो । कार्यक्रमको संयोजन राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडका सन्तोष थापाले गर्नुभएको थियो । ३५ जना स्थानीय किसानहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।
कवि पुडासैनीले किसानसँग मिलेर काम गर्नको लागि कृषक समुह गठन गरउको हामिलाई किसान दाजुभाई जम्मा गनेर्, भेटघाट गर्ने तथा त्यहाँ भएको समस्याको पहिचान गर्ने र समाधानका लागि पहलकदमी गर्ने लगायतको कार्य गर्नको लागि कृषक परिवार गठन गर्न अवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडले आफ्ना सहायक कम्पनीहरू मार्फत किसान स–शक्तिकरण कार्यक्रहरु सञ्चालन गर्दै किसानको उत्पादनको बजारीकरणको समस्याका लागि कम्पनीको सहायक आर.के.सि.एन.एल फुड बैँक लिमिटेड स्थापना गरिएको जानकारी दिनुभयो ।
उहाँले त्यसबाट किसानबाटै ताजा तरकारी र फलफूल उचित बजार मूल्यमा खरिद गरी पारदर्शी सम्झौता गर्ने, विषादी न्यूनीकरण गरिएको उत्पादन बजारमा उपलब्ध गराउने र बजार व्यवस्थापन गर्ने बताउनु भएको थियो । कृषिलाई सूचना प्रविधिसँग जोड्ने सहायक कम्पनी आर.के.सि.एन.एल आईटेक लि. लिमिटेड स्थापना गरि डिजिटल कृषि समाधान, मोबाइल एप्स र बजार जानकारी र स्मार्ट कृषि उपकरणको प्रवद्र्धन गर्ने योजना रहेको उल्लेख गर्नुभयो ।
सहभागी किसानहरूले यो पहललाई उपयोगी ठान्दै आफ्नो उत्पादनको बजार र उचित मूल्य पाउने आशा व्यक्त गर्नुभएको थियो । उहाँहरूले कृषि सम्बन्धी समस्या, प्रविधिको प्रयोग र बजार पहुँचबारे जानकारी हासिल गर्नुभएको थियो । संस्थाले यस कार्यक्रमले किसानहरूमा कृषि प्रविधि, बजार पहुँच र उत्पादन क्षमता बढाउन सहयोग पुग्ने अपेक्षा व्यक्त गरेको छ । संस्थाले स्थानीय कृषि उत्पादनलाई प्रवद्र्धन गर्ने, किसानलाई प्राविधिक सहजीकरण र बजारको लागि सहयोग दिने र कृषिलाई आधुनिक र लाभकारी बनाउने दिशामा सेवा प्रवाह सुनिश्चित गर्ने र किसानमैत्री भूमिका निर्वाह गर्ने तयारी गरेको छ ।
गठन कार्यक्रमको छलफलका क्रममा किसानबाट बिभिन्न समस्याहरु मध्य कृषि उपज बिक्रिको क्रममा बजारिकारण ठुलो समास्या रहेको र त्यसको लागि स्थानिय निकाय वा साना किसान कृषि सहकारी सँग उचित बजार मूल्यमा पारदर्र्शी सम्झौता मार्फत खरिद गर्नका लागि सुझाव दिनुभएको थियो । धुलिखेल नगरपालिका वडा नं. २ का किसान समेटेर शिखर कटेरी कृषक परिवार तथा कार्की पार्टी कृषक परिवार गठन गरिएको थियो । जसमा महिलाको प्रतिनिधित्व सहित सात सदस्यीय कार्यसमिति गठन गरिएको छ । शिखर कटेरी कृषक परिवारको अध्यक्षमा मदन कुमार बजगाँई रहनुभएको छ भने कार्की पार्टी कृषक परिवारको अध्यक्षमा बलराम कोइराला रहनु भएको छ ।
्

तपाईको प्रतिक्रिया