
बनेपा÷विद्या सागर अङ्ग्रेजी माध्यामिक विद्यालय बनेपा–११ मा केही बर्षयता ‘कारखाना’ परियोजना संञ्चालनमा छ । कक्षा एकदेखि नौ कक्षासम्मका विद्यार्थीहरु हरेक कक्षामा आफूले अध्ययन गरेका बिषयमा केन्द्रीत रहेर कारखानामा सिक्छन् ।
कक्षा–२ को बिज्ञान बिषयमा पृथ्वी र सुर्यको बारेमा पढाई हुन्छ । सो बारेमा कृशला पौडेल, रिदम खरेल, संयोग पौडेल र अभियान थापाले मिलेर सुर्यको बारेमा अभिभावकले बुझाउँदै थिए । उनीहरुले सुर्य प्राकृतिक शक्ति भएको, यसले हामीलाई ताप र प्रकाश प्रदान गर्ने र ठुलो आगोको गोला भएको बताएपछि अभिभावक पनि दङ्ग पर्नुभयो ।

कृशलामात्रै हैन बुधबार कक्षा एकदेखि पाँचसम्मका सबै विद्यार्थीहरुले आफ्नो प्रस्तुती देखाउनुभयो । एरोन रंजितकार र उहाँका साथीहरुले पानी कसरी सफा गर्न सकिन्छ भन्ने विधि अभिभावकलाई सुनाउनुभयो । उहाँको प्रगति देखेर बुबा कविरकुमार रंजितकार पनि खुसीहुनुभयो ।

कक्षा ४ को सान्भी सापकोटाले पनि आफुले कारखानामा सिकेको कुरा अभिभावकलाई सिकाउँदै हुनुहुन्थयो । विद्यार्थीले नाङ्लोमा चामल र ढुङ्गा कसरी केलाउने विधि सिकाउँदे थिए । कक्षा एकका सितल प्रसाईले पनि आफुले बनाएको बिरुवाको चित्रमा हाँगा, पात, जराले कसरी काम गर्ने भनेर सिकाउँदै हुनुहुन्थयो । विद्यार्थीहरुले साईन्स सेलिब्रेशन डेको अवसर पारेर कारखाना किट मार्फत आफूले सिकेको कुराहरु अभिभावकहरुलाई देखाउनुभयो ।

कक्षा ५ का विद्यार्थी सरनव श्रेष्ठले आम मान्छेलाई घन्टौ लाग्ने क्युव एक मिनेटभित्रै तयार पारेर सबैलाई छक्क पार्दै हुनुहुन्थयो ।
कारखाना परियोजनाको संंयोजक शिक्षक सपना कोईरालाले विद्यार्थीले सिकेका ज्ञानलाई साईन्स सेलिब्रेशन डेको अवसर पारेर अभिभावलाई देखाउन पाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले विद्यार्थीले अभिभावकलाई कारखाना भनेर भन्ने गरेको र आज त्यो प्रत्यक्ष अवलोकन गर्न पाएको र सकारात्मक प्रतिक्रियाले झन उर्जा बढेको बताउनुभयो ।

विद्या सागर अङ्ग्रेजी माविका प्रिन्सिपल हिरा शर्मा नेपालले विद्यार्थीहरुको सफलता र अभिभावकको सकारात्मक प्रतिक्रियाले हौसला मिल्ने बताउनुभयो ।

विद्यालयले बिहीबार कक्षा छ देखि नौसम्मका विद्यार्थीहरुले साईन्स सेलिब्रेशन डेको अवसरमा आफूले सिकेको कुरा प्रर्दशन गर्दैछन् ।
अभिभावकलाई विज्ञान र कारखाना सिकाउँदै विद्यासागरका विद्यार्थी
2025-12-10T18:19:10+05:45

तपाईको प्रतिक्रिया