स्वस्थ्य कृषि उत्पादनमा जोडिदै कृषक परिवार


बनेपा÷ बिचौलिया बिना नै किसानलाई स्वस्थ्य उत्पादनमा प्रोत्साहन, अनुदान, सहजकीकरण गर्दै उपभोक्तासम्म पु¥याउन नौलो प्रयासको सुरुवात गरिएको छ । समाज विकास तथा वातावरण सुुधार नेपाल (सोडिन नेपाल) र राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडले कृषकसँग के के गर्न सकिन्छ भनेर साक्षात्कारको सुरुवात गरेको छ ।
किसानले रगत पसिाना सिंचित गरेर अन्न र तरकारी फलाउँछन् तर भनेको जस्तो भाउ कहिल्यै पाउँदैनन् । कुन बिषादी कुन समयमा हाल्ने भनेर प्राविधिक सहयोग नपाउँदा बिष हाल्ने उपनाम पनि पाउँछन् जसमा किसानको कुनै पनि दोष हुँदैन । समयमै प्राविधिक ज्ञान नपाउँदा उनीहरुले विभिन्न आरोपको सामना गर्नु परिरहेको छ । किसानको सानो प्रयास र सावधानीले उपभोक्ताले गुणस्तरीय उत्पादन पाउन सक्छन् । यस्तै बिषयमा केन्द्रीत रहेर नालामा बृहत छलफल गरिएको छ ।
माटोबाट सफल बन्न सकिन्छ र माटोलाई माया गरेरमात्रै माटोले पनि माया दिन्छ । काभ्रेपलाञ्चोकको उर्वरभुमी बनेपा नगरपालिका वडा नं ४ नालामा माटोसँग खेल्ने र रमाउने किसानसँग समाज विकास तथा वातावरण सुुधार नेपाल (सोडिन नेपाल) ले माटोको बारेमा छलफल गरेको हो ।
अग्रज कृषक रामप्रसाद संजेलले कृषि उपजको खरिद प्रक्रिया कस्तो हुुने, मुुल्य निर्धारण कसरी हुुन्छ ? किसानले कसरी प्राविधिक ज्ञान पाउन सक्छन् भनेर बारेमा जिज्ञासा राखेका छन् ।
राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको सहयोगमा बनेपा नगरपलिका वडा नं. ०४ स्थित नाला बसपार्क, करुणामाई मन्दिर परिसरमा सोडिन नेपालको किसान सशक्तिकरण कार्यक्रम संचालन गरेको हो । त्यसमा किसानले विशेष चासो राखेका छन् ।
कम्पनीका कम्पनी सचिव विष्णुु वरालले नेपाल कृषि प्रधान देश भए पनि कृषि पेशालाई उपेक्षित पेशाको रुपमा हेरिएको, कृषि क्षेत्रका लागि श्रोत, साधन र अवसरले धनि यस मुुलुुकमा कृषकहरु सधँै विचौलियाको भरमा कृषि पेशालाई निरन्तरता दिन बाध्य भएको उल्लेख गर्नुभयो ।


उहाँले कृषकहरुले आफ्नो कृषि उपजको उचित मुुल्य नपाइरहेको तथा उपभोक्ताहरुले चर्को मुुल्य तिर्नुु परेको, आफ्नो कृषि उत्पादन वृद्घि गर्ने मनसायले जानेर वा नजानेर बिषादीको उच्च प्रयोग भइरहेको तथा यसका कारण कृषक तथा उपभोक्ताका परिवारहरुको स्वास्थ्यमा गम्भिर असर परिरहेको उल्लेख गर्दै वर्तमान अवस्थामा राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडले कृषकहरुको उत्पादनको उचित मुुल्य सहित खरिद सुुनिश्चितता गर्ने, परम्परागत कृिष प्रणालीलाई आधुुनिक कृषि प्रणाली तर्फ उन्मुुख गराउने उद्देश्य अनुुरुप “माटो देखि सफलता” सम्म भन्ने मुुल नारा लिएर अघि बढेको बताउनुभयो ।
कम्पनीले कृषकहरुका लागि आवश्यक सीप तथा तालिम प्रदान गर्ने, कृषि क्षेत्रको अपार अवसरहरु प्रस्तुुत गर्ने, राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडसंग जोडिने किसानहरुलाई सामाजिक सुुरक्षामा समाबेश गराई बचत, पेन्सन, स्वास्थ्य बिमा, बाल बच्चाहरुको शिक्षा, दीर्घ रोग तथा अपाङ्गता भएको अबस्थामा सामाजिक सुुरक्षा प्रदान गर्ने लगायतका विभिन्न सुविधाहरु दिन चाहेकोले कम्पनी संग कारोबार गर्ने गरि जोडिन आग्रह गर्नुुभयो ।
राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको सहायक कम्पनी आर.के.सि.एन.एल फुुड बैंकले उपभोक्ताहरुलाई सफा र स्वस्थ तरकारी तथा फलफुुल उपलब्ध गराउने उद्देश्यले पनौती ४, ठाडोबाटो स्थित अत्याधुुनिक ओजोन वासिङ्ग प्लान्ट स्थापनाको अन्तिम चरणमा रहेको, मधेश प्रदेशको सर्लाहीस्थीत लालबन्दीमा डल्ले च्याउ उत्पादनको लागि अत्याधुनिक प्लान्ट र त्यसको लागि चाहिने कम्पोष्ट प्लान्ट स्थापनाको अन्तिम चरणमा रहेको, तथा आर.के.सि.एन.एल आईटेक लिमिटेडले कृषि लाई प्रविधिसंग जोड्नका लागि कोर बैकिङ सिस्टम संचालनमा ल्यााउन विभिन्न एप्सहरु तयार पारिरहेको उल्लेख गर्नुभयो ।
बनेपा नगरपालिकाका कृषि प्राविधिक नवराज घिमिरेले किसानहरुले विज्ञको सल्लाह सुुझाव नलिने, बजार हल्लाको भरमा र सामान्य पसलमा उपलब्ध बिउ, बीजन तथा विषादीको प्रयोग गर्ने, माटो परिक्षण तथा माटोमा पोषण भरणको कार्य नगर्ने, विचौलियाबाट प्राप्त सुुचनालाईमात्र विश्वास गर्ने, भौगोलिक हावापानी र माटो सुुहाँउदो खेती भन्दा पनि परम्परावादी खेतीमा निर्भर हुुन चाहने तथा आफुुलाई प्रविधि मैत्रि बन्न नचाहने भएकोले कषिक्षेत्रबाट सफलता हाँसिल गर्न नसकेको अवस्थामा राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडले अघि सारेको किसान लक्षित कार्यक्रमहरुको प्रसंशा गर्नुुभयो ।
समाज विकास तथा वातावरण सुुधार नेपाल (सोडिन नेपाल)ले राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको सहयोगमा कृषकहरुलाई आवश्यक सीप तथा तालिम प्रदान गर्ने, किसानको उत्पादन विक्री गर्न राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडसंग सम्बन्ध स्थापित गर्ने, बिषादीको प्रयोग तथा यसका सम्भाव्य असरहरुका लागि कृषक अभिमुुखिकरण कार्यक्रम संचालन गर्ने सो अवसरमा किसानलाई जानकारी दिईयो ।
समाज तथा विद्यालयमा कृषि साक्षरता अभियान संचालन गर्ने, कृषकहरुको सामाजिक सुुरक्षाका लागि पहल गर्ने, समाजका युुवा तथा बालबालिकाहरुलाई कृषि पेशा तर्फ आकर्षित गर्न शहरी तथा ग्रामिण क्षेत्रका विद्यार्थी केन्द्रित “कृषि साक्षरता” कार्यक्रम संचालन, अव्यवस्थित खेती तथा अत्यधिक विषादीको प्रयोग बाट भैरहेको माटोको क्षयिकरण रोक्न “माटो सुुधार” अभियान संचालन गर्ने संस्थाको कार्यक्रम अन्र्तगत यो अन्तरक्रिया कार्यक्रम रहेको सो अवसरमा जानकारी दिईयो । त्यस पश्चात कृषक परिवार नामक समुुह गठन गरि अगाडी बढ्ने संस्थाका प्रबन्ध संचालक कवि पुुडासैनीले बताउँदै मधेश प्रदेशको धनुुषा र सर्लाहीमा कृषक परिवार गठन गरि सकेको, मकवानपुुरको हेटाँैडा, पर्साको विरगंज आसपासमा रहेका कृषक तथा धादिङ्ग जिल्लामा समेत छिट्टै कृषक परिवारको गठन हुुने उल्लेख गर्नुभयो ।

तपाईको प्रतिक्रिया