बनेपा÷नेकपा एमालेको केन्द्रीय महाधिवेशनका लागि काभ्रेपलाञ्चोकबाट २४ जना प्रतिनिधि निर्विरोध चयन भएका छन् । सहमति मार्फत चयन भएको भनिएपनि अध्यक्ष केपी ओली पक्षधर र बरिष्ठ नेता ईश्वर पोखरेल पक्षधरबीच सहमतिमै प्रतिनिधि चयन गरिएको हो । निर्वाचनमा हाईवेटका नेता पराजित हुने दुवै समुहको निस्कर्षपछि प्रतिनिधि निर्विरोध चयन गरिएको कार्यकर्तावृत्तमा चर्चा छ । केही उम्मेदवारले सामाजिक संञ्जालमै निर्वाचनबाट भागेको भन्दै खुल्ला चुनौती पेस गरेका छन् । निर्विरोध चयनले काभ्रेले एकताको सन्देश दिएको कार्यकर्ताको बुझाई छ । तर धेरैले भने बराबरीमा भागबण्डा गरेको दाबी गरिरहेका छन् ।
नेताहरुले गुट अदलबदल गर्ने क्रम निरन्तर रुपमा बढेकाले केन्द्रीय निर्वाचनसम्म को कता पुग्ने ठेगान भने नभएको एमाले स्रोतको दाबी छ । दुबै समुहले बहुमत नेताहरु आफ्नो पक्षमा रहेको दाबी गर्दै आएका छन् ।
केन्द्रीय प्रतिनिधिमा एमाले जिल्ला अध्यक्ष राजन भुर्तेल खुल्ला तर्फ चयन भएका छन् । उनी नमोबुद्ध नगरपालिकाका हुन् । पूर्व मन्त्री चन्द्र लामा खुल्ला तर्फ चयन भएका छन् । उनीपनि नमोबुद्ध नगरपालिकाकै हुन् । युवा संघका पूर्व उपाध्यक्ष अमित लामा खुल्लाबाट चयन भएका छन् । उनी रोशी गाउँपालिकाका हुन् । एमाले काभ्रेका उपाध्यक्ष देबसागर लामा खुल्लामा चयन भएका छन् । उनीपनि रोशी गाउँपालिकाकै हुन् । एमाले काभ्रे काठमाडौं सम्पर्क मञ्चका नेता ठाकुर बाँस्कोटा खुल्लामा छानिएर प्रतिनिधि बनेका छन् । उनी खुल्ला चौरीदेउराली गाउँपालिका गाउँपालिका हुन् ।
प्रदेश सभाका सदस्य ज्ञान बहादुर लामा खुल्लामा प्रतिनिधि चयन भएका छन् । उनी तेमाल गाउँपालिकाका हुन् । युवा नेता जेनिश लामा युवाबाट छानिएका छन् । बागमती प्रदेश कमिटीका सदस्य उनी तेमाल गाउँपालिका हुन् । युवा महिना नेतृ पवित्रा भुर्तेल महिलाको कोटाबाट छनौट भएकी छिन् । उनी नमोबुद्ध नगरपालिकाको हुन् ।
नेकपा एमाले पनौतीको नेता उमा थापा महिलामा छनौट भएकी छिन् । पनौती नगरपालिकाको उपप्रमुख गीता बञ्जारा, धुलिखेलको नेता गीता लामा प्रतिनिधि चयन भएका छन् ।
खुल्ला तर्फ पनौतीका पूर्व प्रमुख भिम न्यौपाने छानिए । धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्यान्जु, पनौतीका एमालेका नेता कुमार थापा, बनेपाका नेता हरिशरण दाहाल खुल्ला तर्फ छानिएका छन् । एमाले काभ्रेका उपसचिव रत्नकुश रंजितकार बनेपाबाट रत्नकुश रन्जितकार खुल्ला बनेपा नगरपालिका, प्रेम लामा खुल्ला भुम्लु गाउँपालिकाबाट, कन्चन अधिकारी खुल्ला पाँचखाल नगरपालिका, ईश्वर बल्लभ सापकोटा युवा धुलिखेल नगरपालिकाबाट, निर्मला शाही महिला मण्डनदेउपुर नगरपालिकाबाट, उन्नती केसी महिला बेथानचोक गाउँपालिकाबाट, रिता ढकाल महिला मण्डनदेउपुर नगरपालिका, सरिता रायमाझी महिला बनेपा नगरपालिका र उत्पीडित तर्फ निर्विरोध मदन बि क पनौती नगरपालिकाबाट चयन भएका छन् । सबै स्थानीय तहबाट प्रतिनिधि चयन हुँदा काभ्रेको विटक मानिएको खानीखोला र महाभारतबाट प्रतिनिधि चयनमा पक्षपात गरेको भन्दै त्यहाँका नेता कार्यकर्ताले सामाजिक संञ्जालमा तिव्र आलोचना गरेका छन् ।
एमाले काभ्रेको प्रतिनिधि छान्दा बराबरी भएको दाबी
2025-11-30T07:10:39+05:45

तपाईको प्रतिक्रिया