
पनौती÷पनौती क्षेत्रका निजी तथा आवासिय विद्यालयबीच गायन प्रतियोगिताको आयोजना गरिएको छ । जेसीस पनौतीको मुख्य सहयोग र सिद्धार्थ बनस्थलीको सहप्रायोजनामा भएको प्रतियोगितामा न्यू राईजिङ स्कूल रयालेका सौगात सापकोटाले प्रथम स्थान हासिल गरेका छन् । १४ विद्यालयका प्रतिस्पर्धीलाई पछि पार्दै सौगातले प्रथम स्थान हासिल गरेका हुन् ।
दोश्रो भने लिलावती नेशनल एकेडेमीका खुसी हुँमागाई बनिन् । काभ्रे ईङ्लिश स्कुल पनौतीका अनुपम आचार्य तेश्रोहुँदै सोमबार हुने प्याब्सन जिल्ला स्तरीय प्रतियोगितामा छनौट भएकी छिन् ।
सिद्धार्थ बनस्थलीमा भएको प्रतियोगिताको विजयी विद्यार्थीलाई प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेलले पुरस्कार वितरण गर्नुभयो । कार्यक्रममा प्याब्सन काभ्रेका उपाध्यक्ष बसन्तराज नेपाल, सचिव बिमल न्यौपाने, विभिन्न विद्यालयका प्रिन्सिपलको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया