
बनेपा÷काभ्रे उद्योग बाणिज्य संघको ५९ औ स्थापना दिवस तथा ४३ औं बार्षिक साधारण सभा आईतबार बनेपाको स्मार्ट प्यालेसमा सम्पन्न भएको छ ।
संघका अध्यक्ष प्रताप बैद्यको अध्यक्षता ग्रहण गर्दै उहाँले उद्योगीलाई लगानीको वातावरण मिलाउन सरकारसँग अनुरोध गर्नुभयो । उहाँले हलो देखि हाईड्रोसम्म भएका लगानीको सुरक्षा, ब्यवसायीक वातावरण, उद्योगमैत्री नीति, विकास निर्माण तथा नागरिकहरुले खोजेको रोजगारमा नीजि क्षेत्रको लगानीको धारणा सार्वजनिक गर्नुभयो । आफ्नो कार्यकालमा भएका गतिविधिहरु तथा आगामी योजनाका साथै अरनिको राजमार्ग विस्तार, स्थानीय सरकारसँगको हातेमालो तथा तीन तहकै सरकारसँग भएका सहमतिहरुको पालनाका बारेमा धारणा राख्नुभयो ।
नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्र ढकालले स्थापना दिवस तथा साधारण सभाको उद्घाटन गर्दै नहरेक आन्दोलनमा व्यवसायहरु निशानामा पर्ने गरेको उल्लेख गर्नुभयो ।
उहाँले जेनजी आन्दोलनको उद्देश्य पनि तोडफोड र आगजनी नभएपनि कैयौ उद्योग, व्यवसाय र नीजि सम्पति तोडफोड र आगजनी गरिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । महासंघले प्रधानमन्त्री, अर्थमन्त्री र गृहमन्त्रीलाई भेटेर नीजि क्षेत्रको मनोबल उच्च बनाउन आग्रह गरेको बताउँदै हरेक आन्दोलनमा नीजि क्षेत्रलाई आक्रमण नहुने र रक्षा गर्ने गरी संकल्प प्रस्ताव पारित गराउने प्रतिवद्धता व्यक्त गरेको बताउनुभयो ।
महासचिव रजित पलाञ्चोकेले संचालन गरेको उक्त कार्यक्रममा महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, उपाध्यक्ष सुरकृष्ण बैद्य तथा ज्योत्सना श्रेष्ठ, केन्द्रीय सदस्यहरु, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपकुमार गौतम, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, पाँचखालका नगर प्रमुख महेश खरेल, उपप्रमुम विमला सापकोटा, नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष विनोद न्यौपाने, विभिन्न संघ संस्थाका प्रमुख एवं पदाधिकारीहरु, काभ्रे उद्योग बाणिज्य संघका पुर्व अध्यक्षहरु, पदाधिकारीहरु, उद्योगी ब्यवसायीको सहभागिता रहेको थियो ।
अधिकांश बक्ताहरुले हरेक आन्दोलनमा उद्योगी, ब्यवसायीहरु मात्रै तार्गेटमा पर्ने गरेकाले राज्यले सुरक्षा प्रदान नगरे उद्योगी ब्यवसायी पलायन हुने बताए । साधारण सभाले प्रस्तुत गरेका प्रतिवेदनहरु उपर छलफल गरी पास गरेको छ ।

तपाईको प्रतिक्रिया