न्यू राईजिङ ईङ्लिश स्कूलको खेलकुद सप्ताह

पनौती÷ग्रामीण भेगको उत्कृष्ट शैक्षिक संस्थाको रुपमा परिचय बनाएको पनौती–१ रयालेमा रहेको न्यू राईजिङ ईङ्लिश स्कूलको खेलकुद सप्ताह भव्य रुपमा सुरु भएको छ । हरेक ठूला खेलकुद प्रतियोगितामा मसाल बोक्ने र मार्चपास हुने विश्वव्यापी मान्यतालाई बोकेर सो विद्यालयका विद्यार्थीले मार्चपास गरेर मसाल बोकेर खेलकुद सप्ताह सुरु गरेका हुन् ।

विद्यालयका प्रिन्सिपल बिमल न्यौपानेले मसाल बालेपछि विद्यार्थी सोनिया सापकोटाले मार्चपासको लिड गर्नुभयो । त्यसपछि मार्चपास सुरु भएको थियो । मार्चपास रयालेको पर्खालचौर बजारलाई परिक्रमा गरेको थियो । पूर्व प्राथमिक, प्राथमिक, निम्म माध्यामिक र माध्यामिक तहमा ४० विधामा प्रतिस्पर्धा हुने प्रिन्सिपल बिमल न्यौपानेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया