बनेपा साकोसको २६ औं सभा

बनेपा÷समुदायमा आधारित काभ्रेपलाञ्चोक जिल्लाभर सदस्य रहेको बनेपा बचत तथा ऋण सहकारी संस्थाको २६ औं बार्षिक साधारण सभा सहकारी नियमन प्राधिकरणले दिएको मापदण्ड अनुसार सम्पन्न भएको छ ।
सहकारीका ९० प्रतिशतभन्दा धेरै सदस्यको उपस्थितीमा भएको साधारण सभामा विज्ञ सदस्य संस्थाका प्रमुख सल्लाहकार जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष अमन पोटे श्रेष्ठले सहकारीले समुदायमा गर्नुपर्ने कार्यको बारेमा जानकारी गराउनुभयो । उहाँले सदस्यले सहकारीमा गर्नुपर्ने कार्य, सुझाव, सहकारीले लिएको नीतिको बारेमा सदस्यले सुझाव, परामर्श दिन आवश्यक रहेको सुझाव दिनुभयो ।
संस्थाका अध्यक्ष रहदेव पोटेले एक बर्षमा संस्थाले हासिल गरेको उपलब्धीको बारेमा साधारणसभामा जानकारी गराएका थिए । उपाध्यक्ष पदमसुन्दर श्रेष्ठले स्वागत मन्तव्य राखेको कार्यक्रममा सचिव जितेन्द्र नकर्मीले प्रगति प्रतिवेदन पेस गर्नुभयो । संस्थामा २४ सय ८९ सदस्यछन् । कोषाध्यक्ष सुविन मानन्धरले आर्थिक प्रतिवेदन पेस गरेको साधारण सभामा लेखा समितिको जगदिप पलाञ्चोकेले सुझाव सहितको प्रतिवेदन पेस गर्नुभयो ।
साधारसभामा उत्कृष्ट कर्मचारी रविना प्रधानलाई नगद सहित सम्मान गरिएको थियो । २७ करोड रुपियाँको वासलात रहेको सहकारीले यसअघि असोज २५ गते बेथानचोकमा क्षेत्रीय भेला सम्पन्न गरेको छ । साधारण सभाको अवसर उत्कृष्ट ऋण कारोबार गर्ने सदस्य, बचत गर्ने सदस्य, बाल बचतकर्ता र जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया