
भौतिक, शैक्षिक, खेलकुद र समग्र शिक्षामा आफूलाई अब्बल रहेको प्रमाणित गर्ने अग्रणी शैक्षिक संस्थाको रुपमा नाईटिङ्गेल एकेडेमी माध्यमिक विद्यालय बनेपाले आफूलाई उम्भाएको छ । अघिल्लो बर्षभन्दा यो बर्ष अझ राम्रो गर्दै आफूले गरेको मेहनत विद्यार्थी मार्फत विद्यालयले मंगलबार सार्वजनिक गरेको छ ।
खेलकुद सप्ताह–२०८२ मार्फत यसै बर्ष सेभेन ए साईड फुटसल ग्राउण्डको योजना र स्विमिङ पुलको अवधारणा सार्वजनिक गरेको हो । खेलकुद सप्ताहको उद्घघाटन श्रीमेहर गण धुलिखेलका मेजर ईश्वर बस्नेतले गर्नुभयो । उहाँले खेलले जीवनमा ल्याउने परिर्वतनसँगै विश्वका महान खेलाडीको परिचय गराउनुभयो । उहाँले मानव जीवनमा खेलकुद अनिवार्यसँगै अपरीहार्य रहेकाले सबैले खेल खेल्नु पर्नेमा जोड दिनुभयो । सुरक्षित, अनुशासित र मेहनती भई खेल खेल्न विद्यार्थीहरुलाई मेजर बस्नेतले सुझाब दिनुहुँदै खेलकुदको महत्व राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत रहेकाले विद्यार्थीहरुलाई पढाई सगै खेल खेल्न अनुरोध गर्नुभयो ।
विद्यालयका अध्यक्ष रत्नकुश रञ्जीतकारले विद्यालयले हालसम्म हासिल गरेको उपलब्धी सार्वजनिक गर्नुभयो । प्रमुख अतिथी मेयर बस्नेत, बनेपा नगरपालिका वडा नं १० का अध्यक्ष चन्द्रबहादुर खड्का, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपानेले विद्यालयको बारेमा र शिक्षाको बारेमा बोल्नु भएको कुराले उत्प्रेरणा मिलेको बताउनुभयो ।
उहाँले विद्यालयले पढ्ने र पढाउने मात्रै थलो नभएको र यसले शिक्षा नैतिकता, अनुशासन र खेलकुदलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

विद्यालयमा ओपन फुटसल, बाँस्केटबल, ब्याडमिन्टन कोर्ट लगायतका खेलकुदका भौतिक पुर्वाधारहरु विद्यालयमै रहेको रञ्जीतकारले बताउनुभयो । उहाँले अब केही दिनमै ओपन फुटसल सेभेन ए साईड, स्विमिङ पुल छिट्टै बनाउने प्रतिबद्धता जनाउनुभयो । विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षाका लागी अतिरिक्त कक्षाको व्यवस्था गरिएको रञ्जितकारले बताउनुभयो ।
प्रिन्सिपल उमा बस्नेतले स्वागत मन्तव्य राख्दै विद्यालयको शैक्षिक प्रगतीको बारेमा जानकारी गराउनुभयो । नाईटिङ्गेल एकेडेमीले हासिल गरेको शैक्षिक उपलब्धीको बारेमा उहाँले जानकारी गराउनुभयो ।

विद्यालयका ईसिए ईन्चार्ज विक्रम प्रजापतीले खेलकुद सप्ताहमा कक्षा १ देखी १० सम्मका विद्यार्थीहरुले भाग लिने उल्लेख गर्नुभयो । खेलकुद सप्ताहमा भलिबल, फुटबल, स्विमिङ, कँराते, दौड, लगायतका दर्जन भन्दा बढी खेलहरु खेलाईनेछ ।

कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष चन्द्र बहादुर खड्का, नेपाल पत्रकार महासघंका अध्यक्ष विनोद न्यौपाने, स्थानीय समाजसेवी, संचारकर्मीको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया