सदस्यमुखी सेवामा कृयाशिल सनलाईट साकोस


धुलिखेल÷सदस्यको सेवा निरन्तर कृयाशिल रहेको सनलाईट बचत तथा ऋण सहकारी संस्थाको १४ औं बार्षिक साधारण सभा शुक्रबार भएको छ ।
सहकारी नियमन प्राधिकरणको निर्देशन अनुसार सिधै बन्द सत्रको संचालन गरेर सहकारीको साधारण सभा गरिएको हो । साधारण सभाको उद्घाटन सहकारीका सल्लाहकारहरु गङ्गासागर रंजितकार पुर्णसागर रंजितकार र पुर्णबहादुर कर्माचार्यले संयुक्त रुपमा दीप प्रज्वलन गरेर गर्नूभयो ।
सहकारीका अध्यक्ष भवसागर रंजितकारले मंसिर एकगतेदेखि नै सहकारीले आफ्नो कार्यक्षेत्रमा रहनु भएका जेष्ठ नागरिक र बाल बचतकर्ताको बचतलाई पहिलो प्राथमिकतमा राखेर घरदैलो कार्यक्रम संचालन गर्ने बताउनुभयो । उहाँले आफ्ना सदस्यको जन्मदिनलाई विशेष बनाउँदै बचत तथा ऋणको कारोबारमा प्रोत्साहन, नियममित मासिक बचतलाई उत्प्रेरणा गराउने बताउनुभयो । एक हजारभन्दा धेरै सेयर सदस्यलाई सो सहकारीले सेवा प्रदान गरिरहेको छ ।
जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष तथा विज्ञ सदस्य अमन पोटे श्रेष्ठले सहकारीमा पछिल्लो समयमा भएको कार्य, सहकारीमा संचालक, सेयर सदस्यले ध्यान दिनुपर्ने बिषयमा जानकारी दिनुभएको थियो । राष्ट्रिय सहकारी बैंक शाखा प्रमुख विज्ञ उपेन्द्र दाहालले सहकारीमा पछिल्लो समय देखिएको समस्या समाधानमा सहकारी नियमन प्राधिकरणले काम गरिरहेको उल्लेख गर्नुभयो ।


साधारणसभामा जेष्ठ सदस्य फन्तप्रसाद तिमल्सिना, उत्कृष्ठ बचत वसन्तराज भारत, बालबचतकर्ता आर्या हुँमागाई, असल ऋणी विजयकुमार श्रेष्ठ र असल कर्मचारी अन्जु मानन्धरलाई सम्मान गरिएको छ ।
सहकारीका सचिव सुरेन्द्र सुद्धारकारले बार्षिक प्रतिवेदन, कोषाध्यक्ष मेनुका कुमारी थापाले आर्थिक प्रतिवेदन र लेखा समितिको संयोजक हसना जोशीले लेखा समितीको प्रतिवेदन पेस गर्नुभयो ।

तपाईको प्रतिक्रिया