राष्ट्रका असली हिरो

शरीरभरी हिलो, असिनपसिन शरीर तर दृढ संकल्प र विश्वास । ईलाममा पहिरो पिडितको उद्धारमा खटिएका काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं ५ स्थायी ठेगाना भएका सशस्त्र प्रहरी बलमा कार्यरत सुरेन्द्र डोटेलको तस्बीर सामाजिक संञ्जालमा निक्कै लोकप्रिय भएको छ । अहिलेको चलनचल्तीको भाषामा भाईरल नै छ ।
राप्रपाका नेता ज्ञानेन्द्र शाहीले सामाजिक संञ्जालमा लेखेका छन् । यो राष्ट्रका असली हिरोहरूलाई मेरो सलाम !
अरुलाई दशै थियोे, दाजुलाई देशको सेवा मण्डनदेउपुरका हजारौं जनताले उहाँको त्यही भाईरल तस्बीर सेयर गरेर उहाँप्रति सम्मान गरेका छन् । तर जनताको अपार मायाले उहाँलाई सम्मानको अलग्लै उचाई भने प्रदान गरिसकेको छ ।
सशस्त्र बल नेपाल नंम्बर १ ईलाम अन्तुडाडा अन्तरगत बोर्डर आउट पोष्ट ईलामको मानेभज्याङ्को कमाण्डर रुपमा कार्यरत छन ।
बिहान चार बजे उहाँलाई खबर आयो । उहाँहरु खटिएको स्थानभन्दा एक किलोमिटर पर घरमा मान्छेहरु पुरिएको छ भनेर । आवश्यक बस्तोबस्तीको सामान सहित १० मिनेटमा विपद् व्यवस्थापनको तालिम लिएका थप छ जनाको टोलि लिएर उहाँ घटनास्थलमा पुग्नुभयो । उहाँसँग नेपाल प्रहरीका तीन जना जवानपनि हुनुहुन्थ्यो । स्थानीयको सहयोगमा उहाँको टोलीले चार घन्टाको अथाक प्रयासपछि दुई जनाको सकुशल उद्धार गर्नुभयो । पाँच जनाको शव उहाँले निकाल्न सक्नुभयो । अविरल बर्षाहुँदा निक्कै जोखिम थियो तर प्रयास सफल भयो, उहाँले काभ्रे हेडलाईनसँगको टेलिफोन सम्पर्कमा भन्नुभयो । ‘ म र मेरो टिमले प्रख्यात हुन मात्र उद्धार गरेका हेनौ आफ्नो जिम्मेवारी पुरा गरेका हौ’ डोटेलले भन्नुभयो । संगठनले दिएको निर्देशन र कर्तव्यलाई पालना गरेको उहााँले बताउनुभयो ।
मृत्यु हुनेमध्ये तीन जना दोलखा स्थायी घर भएर दशैमा पाहुना लाग्न जानु भएका व्यक्ती रहेको र दुई जना घरकै थिए । २०६० सालमा प्रहरी जवानबाट सेवा सुरु गर्नुभएको उहाँले २०६४ सालमा सहायक निरीक्षकहुँदै अहिले प्रहरी नायव निरीक्षक सई पदमा कार्यरत हुनुहुन्छ । उहाँले पालना गर्नुभएको जिम्मेवारीको यतीबेला मण्डनदेउपुर, काभ्रेसँग राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रबाट प्रशसा गरिएको छ ।

तपाईको प्रतिक्रिया