रोटरी क्लब काभ्रे भ्यालीको आयोजनामा पनौती ५ जलेश्वर सामुदायिक बनमा फलफूल बिरुवा रोपण

 

रोटरी क्लब काभ्रे भ्यालीको आयोजनामा पनौती नगरपालिका वडा ५ जलेश्वर सामुदायिक बनमा सोमबार बिहान विभिन्न प्रजातीका ५०० बोट फलफूल बिरुवा रोपिएको छ ।

अम्बा , जामुन, अमला, कागती, ओखर लगायत विभिन्न फलफूल रोपिएको रोटरी क्लब काभ्रे भ्याली अध्यक्ष मनीषा श्रेष्ठले बताइन ।

जिल्ला समन्वय प्रमुख दीपक गौतम, पनौती ५ को वडा अध्यक्ष विनोद खत्री, रोटरी क्लब काभ्रे भ्याली अध्यक्ष मनीषा श्रेष्ठ , रोटरी धुलिखेल, रोटरी काभ्रे बनेपा, रोटरी ई क्लब अफ नामोबुद्ध, आमा समूहका अध्यक्ष सीता श्रेष्ठ, रोटरी क्लबका पदाधिकारी सदस्य, आमा समूहका सदस्य हरू लगायत स्थानीय को उपस्थितमा फल फूलको बिरुवा रोपिएको थियो ।

तपाईको प्रतिक्रिया