अक्षरमार्गको सम्मान

काभ्रे ÷हरेक वर्ष जस्तै यो वर्ष पनि अक्षरमार्गले आफ्नो तेराँैं बार्षिक उत्सवको अवसरमा सात जना स्रष्टाहरुलाई सम्मान गरेको छ । यसरी सम्मानित हुने स्रष्टहरूमा विष्णुहेम अक्षरमार्ग बरिष्ठ साधक सम्मानबाट बरिष्ठ साहित्यकार तथा महाकाव्यकार श्रीहरि फुँयाल नुवाकोट, श्रीराम अक्षरमार्ग स्मृति सम्मानबाट काजी रोशन बागलुङ, कृष्णसुन अक्षरमार्ग साहित्यिक पत्रकार सम्मानबाट शशी पन्थी गुल्मी, नरबहादुर अक्षरमार्ग सम्मानबाट अन्जना बस्ती भट्टराई कीर्तिपुर, कृष्णदास अक्षरमार्ग स्रष्टा सम्मानबाट तिलक प्रकाश कायस्थ भक्तपुर, ध्रुबमिरा मिराज सम्मानबाट डा तुलसी गौतम सुनसरी, अक्षरमार्ग भरतराज काभ्रेली गौरव सम्मानबाट डा. सुमनराज ताम्राकार. सम्मानित भएका हुन् । उहाँहरूलाई कार्यक्रमका प्रमुख अतिथि बैरागी काईला, विशिष्ट अतिथि वरिष्ठ साहित्यकार प्रा डा . गोविन्दराज भट्टराई, प्रा .डा. लक्ष्मण गौतम, वियोगी बुढाथोकी, प्रा डा. कुमार कोइरालाले सम्मानपत्र, मायाको चिनो, माला, दोसल्ला, टीका र नगदसहित सम्मान समर्पण गर्नुभएको थियो । सम्मान गर्ने क्रममा उहाँहरूलाई ध्रुबकृष्ण ताम्राकार, प्रल्हाद केसी, उत्तम महत लगायतले सघाएका थिए ।
​नेपाली भाषा र साहित्यको श्रीबृद्धिमा समर्पित अक्षरमार्गद्धारा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अतिथिहरूले नेपाली साहित्यको उन्नयनका लागि अक्षरमार्गले खेलेको भूमिका उल्लेखनीय रहेको विचार व्यक्त गरे । साहित्यिक पत्रिका प्रकाशित गर्नु राष्ट्र«का स्रष्टाहरुलाई सम्मान गर्नु, वाण््मयसेवीहरुका बारेमा पुस्तक प्रकाशन गर्नु र समाजमा चेतना पैmलाउने कार्य आपैmमा महान कर्म हो, यो कुनै उद्योग वा व्यापार नभई राष्ट्र सेवा हो भन्ने विचार मन्तव्यका क्रममा स्रष्टाहरूले पोखे । सो कार्यक्रममा कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार बैरागी काइँलाले साहित्यले सकारात्मक ऊर्जा दिएर सबैको भलो गर्ने भनाई राखे । प्रा.डा. गोविन्दराज भट्टराईले समयभन्दा छिटो बगेर साहित्यकार सूर्य लाकोजू र अक्षरमार्गले काम गरिरहेको बताए । अर्का कार्यक्रमका विशिष्ट अतिथि प्रा डा. लक्ष्मणप्रसाद गौतमले सूर्य लाकोजूमा मोतीराम भट्टको जस्तो प्रवृत्ति रहेका कारण यति धेरै कर्म गर्दै आएको बताए । साथै नेपालमा सम्मान कार्यक्रम विविादित पनि हुने गरेको तर अक्षरमार्गको सम्मान कार्यक्रममा उपयुक्त पात्रको चयन हुने भएकोले विवादित नबनेको विचार पनि उनले कार्यक्रममा व्यत्तः गरे । साथै अन्य विशेष अतिथिहरु प्रा डा कुमार कोइराला, वियोगी बुढाथोकी, साहित्यकार सूर्य लाकोजू, रामसुन्दर देउजा, हरि गौतम लगायतले पनि मन्तव्य राखेका थिए । कार्यक्रममा सम्मानित प्रतिभाहरु श्रीहरि फुँयाल, काजी रोशन, शशी पन्थी, अन्जना बस्ती भट्टराई, तिलक प्रकाश कायस्थ, डा तुलसी गौतम, सुमनराज ताम्राकारले पनि सम्मानित प्रतिभाका रुपमा मन्तव्य व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया