
बनेपा÷संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका जिल्लामा पहिलो भएको छ । मन्त्रालयले शुव्रmबार आर्थिक वर्ष २०८०÷८१ को स्थानीय तह संस्थागत स्वमूल्याङ्कन (लिजा) को अन्तिम नतिजा सार्वजनिक गरेको हो । सोही आधारमा नमोबुद्धले आफूलाई अग्रस्थानमा उम्भाएको छ ।
गुणस्तर परीक्षणपश्चात् मन्त्रालयले सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार जिल्लाको नमोबुद्ध नगरपालिका ८४.५ नम्बर ल्याएर जिल्लामा पहिलो भएको हो । जिल्लाको खानीखोला गाउँपालिकाले गुणस्तर परीक्षणपश्चात ७९.७५ अङ्क,तेमाल गाउँपालिकाले ६३.५ अङ्क,धुलिखेल नगरपालिकाले ८२.२५ अङ्क, पनौती नगरपालिकाले ८३ अङ्क प्राप्त गरेको मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । यसै गरी पाँचखाल नगरपालिकाले ८१.५ अङ्क, बनेपा नगरपालिकाले ७७.२५ अङ्क, मण्डनदेउपुर नगरपालिकाले ६९.७५ अङ्क र रोसी गाउँपालिकाले ७८.७५ अङ्क प्राप्त गरेको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ ।
नगरपालिकामा सबैभन्दा कम अंक मण्डनदेउपुरले ल्याएको हो ।
१३ वटा स्थानीय तह रहेको काभ्रेपलाञ्चोक जिल्लामा आव २०८०÷८१ को संस्थागत स्वमूल्याङ्कनमा चार वटा स्थानीय तहले भाग नै लिएनन् । चौँरीदेउराली गाउँपालिका, भुम्लु गाउँपालिका, बेथानचोक गाउँपालिका र महाभारत गाउँपालिकाले लिजामा भाग लिएका छैनन् । स्थानीय तहको कार्य प्रव्रिmया र उपलब्धिको लेखाजोखा गरी शासकीय पद्धति र विकास व्यस्थापनमा गर्नुपर्नेसुधारका क्षेत्र पहिचान गर्न, आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबिच स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउने उद्देश्यले मन्त्रालयले हरेक वर्ष स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन गर्दै आएको छ ।

मन्त्रालयले शासकीय प्रबन्ध,सङ्गठन तथा प्रशासन, वार्षिक बजेटतथा योजना तर्जुमा व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह,न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार,सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपत् व्यवस्थापन र सहकार्य र समन्वयतर्फ १० वटा क्षेत्रमा एक सय पूर्णाङ्कमा स्थानीय तहको स्वमूल्याकन गरिदै आएको छ ।

तपाईको प्रतिक्रिया