
बेथानचोक गाउँपालिकामा बेथानचोक कोसेली घर स्थापना गरिएको छ । गृहिणी महिलाको सशक्तिकरण गर्ने उद्देश्यका साथ बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र वेथानचोक गाउँपालिकाको सहकार्यमा सञ्चालित गृहिणी महिला सशक्तिकरण कार्यक्रमअन्तर्गत स्थापना गरिएको कोसेली घर हिजोदेखि सञ्चालनमा आएको हो ।
बागमती प्रदेशका सामाजिक विकास मन्त्री कन्चन चन्द्र बादेले कोसेली घर उद्घाटन गर्दै महिला सशक्तिकरणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको उल्लेख गरे । गाउँपालिका अध्यक्ष भगवान अधिकारीले स्थानीय महिलाको आर्थिक सबलीकरण र आत्मनिर्भरता गाउँपालिकाको प्राथमिक एजेन्डा भएको भन्दै गृहिणी महिलालाई उत्पादनमूलक कार्यमा संलग्न गराउन र बजारसम्म पहुँच दिलाउन कोसेली घर महत्वपूर्ण हुने बताए । सामाजिक बिकास कार्यालय काभ्रेका प्रमुख रनमाया फ्याकले सामाजिक मंत्रालय र पालिका सरकारको संयुक्त साझेदारीमा कोसली घर सुरुवात गरिएको बताइन ।
पालिका उपाध्यक्ष तारा राणा तिमल्सिनाले महिलाले उत्पादन गरेका सामग्रीलाई स्थायी बजार उपलब्ध गराउन र कोसेली घरमार्फत स्थानीय महिलाहरूले उत्पादन गरेका सामग्री प्रदर्शन र बिक्री गर्न महत्वपूर्ण हुने बताईन । सोहि अवसरमा महिला दिदीबहिनीहरुको मनोपरामर्श तथा तीज विशेष कार्यक्रम समेत आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले बताए ।

तपाईको प्रतिक्रिया