
बनेपा – निजी तथा आवसिय बिद्यालय अर्गनाईजेशन नेपाल प्याब्सन काभ्रेको आयोजना र प्रगती प्रभात एकेडेमीको प्रयोजकमा बनेपामा भएको तीज विषेश नृत्य प्रतियोगिता २०८२ सम्पन्न भएको छ । शुक्रबार बनेपाको प्रगती प्रभात एकेडेमीको स्कुल प्राङगणमा भएको तीज विषेश नृत्य प्रतियोगिता २०८२ को प्रथम क्षितिज ईङिलिश बोर्डिङ स्कुल बनेपा, दोस्रो काभ्रे ईङलिश सेकेन्डरी स्कुल पनौती, तेस्रो वेलर इन्टरनेशनल एकेडेमी बनेपा र सान्त्वना पनौतीमा रहेको सिद्धार्थ बनस्थली भएकाछन् । प्रतियोगितामा काभ्रे जिल्लाको २६ बिद्यालयहरु बिच नृत्य प्रतियोगिता भएको थियो । निजी तथा आवसिय बिद्यालय अर्गनाईजेशन नेपाल प्याब्सन काभ्रेको अध्यक्ष श्याम भुजेलको सभाध्यक्षमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमको प्रमुख आथित्यमा भएको थियो ।

कार्यक्रममा प्याब्सन बरिष्ठ उपाध्यक्ष सुजेन्द्र श्रेष्ठ, उपाध्यक्ष वसन्तराज नेपाल, प्याब्सन बनेपा नगर अध्यक्ष महेन्द्र बिष्ट, प्याब्सन पनौती अध्यक्ष लगायतको उपस्थिति रहेको थियो । तीज विषेश नृत्य प्रतियोगिता २०८२ गर्नुको मुख्य औचित्य सहित स्वागत मन्तव्य कार्यक्रमको संयोजक प्याब्सन जिल्ला कार्य समिति सदस्य चन्द्र प्रसाद ताजपुरियाले गर्नुभएको थियो । तीज विषेश नृत्य प्रतियोगिता २०८२ को र्जजहरुमा रविना श्रेष्ठ र यस गुरुङले गर्नुभएको निजी तथा आवसिय बिद्यालय अर्गनाईजेशन नेपाल प्याब्सन काभ्रेका सचिव बिमल न्यौपानेले बताउनुभयो । जिल्लाको २६ बिद्यालयहरु बिच भएको प्रतिस्पर्धामा र्जजहरु निस्पक्षरुपमा नृत्यको मुल्याङकन गरिएको थियो । मौलिकरुपमा नेपाली महिला दिदीबहिनीहरुले मनाउदै आएका महान चाड तीजको बारेमा बिद्यालयहरु देखिनै सकारात्मकता ल्याउनको लागि प्यावसनले यस्तो खालको प्रतियोगिता राखिएको निजी तथा आवसिय बिद्यालय अर्गनाईजेशन नेपाल प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेलले बताउनुभयो । हाम्रो कार्यकालका बिभिन्न प्रतियोगितासंगै बालवालिकाहरुको क्षमता बिकासमा बिद्यालयहरु संगको सहकार्यमा धेरै कामहरु गरिदै आएको अध्यक्ष भुजेलले उल्लेख गर्नुभयो ।


तपाईको प्रतिक्रिया