नाति नातिनाको स्कुलमा आएर हजुरबुवा हजुरआमाले साटेखुसी

आफ्नो एउटा नातीको भरमा बाँचिरहेका हजुरबुवा र हजुरआमालाई १०० रुपैया पुरस्कार पाएको खुसी नातिले सुनाउँछ । नातिले १०० रुपैयाँ कमाएकोमा हजुरबुवा औधि खुसी हुनुहुन्छ। बाटोमा सहरबाट र विदेशबाट आउनुभएका अङ्कल र आन्टीले दिनुभएको सो रकम अरु कोही नभएर सोही नातिका बुवाआमा र हजुरबुवाका छोरा बुहारी पो हुन्छन् । आफ्नो छोरालाई विदेश लिएर जान आएका छोराबुहारीलाई सुरुमा नाती लिएर नजान हजुरबाले अड्डी गर्छन्। नाती पनि विदेश जान तयार हुँदैन। अन्त्यमा हजुरबुवाले ठूलो भएपछि फेरि गाउँमै आएर सेवा गर्ने शर्तमा नातिलाई विदेश पठाउँछन् । नाती र हजुरबुवा हजुरआमा र नातीको वार्तालापमा पटकपटक सो नाटक हेर्ने हजुरबा हजुरआमाहरु आँसु पारिरहेका देखिन्छन् । चट्ट पर्दा र सुन्दा। यो घटना कुनै सिनेमाको कथा र पटकथा जस्तो सुनिन्छ। तर यो वास्तविक घटना हो। शुक्रबार बनेपामा रहेको विद्यासागर अङ्ग्रेजी माध्यमिक विद्यालयका विद्यार्थीहरूले हजुरबुवा र हजुरआमा दिवसको अवसरमा उहाँहरुलाई मनोरञ्जनात्मक र सन्देशमूलक नाटक प्रहसन गरेका थिए । नाटक हेरेर धेरै हजुरबुवा हजुरआमाको आँखा रसाय सायद उहाँहरूको व्यक्तिगत जीवनमा पनि त्यसले मेल खायो होला ।
अघिपछि बालबालिका खेल्ने विद्यासागर अङ्ग्रेजी माध्यमिक विद्यालय बनेपाको प्राङ्गण शुक्रबार भने जेष्ठ नागरिकले भरिएको थियो । विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि विद्या सागरले हजुरआमा हजुरबुबा दिवसका अवसरमा शुक्रबार हजुरबुवा र हजुरआमालाई निमन्त्रणा गरेको थियो । अहिले बुबाआमा वैदेशिक रोजगारका क्रममा विदेश जाने र बिहान बेलुका अफिस जाने भएकाले बालबालिकालाई विद्यालयसम्म ल्याउने र लाने काम हजुरबा हजुरआमाकै हुन्छ । हरेक वर्षको कुशे औंशीका अवसर पारेर सो विद्यालयले हजुरबुवा र हजुरआमा दिवसलाई नै मनाउने गरेको छ । त्यही सन्दर्भमा विद्यालयले शुक्रबार भव्य कार्यक्रमबीच हजुरआमा र हजुरबुवा दिवस मनाएको छ।
कहाँ हजुरबुवा हजुरआमाको अगाडि विद्यार्थीहरूले कहिले नाटक मञ्चन गरे कहिले गीत गाए कहिले नाचे । विद्यालयका प्रिन्सिपल हिरा शर्मा नेपालले पनि हजुरबुबा हजुरआमालाई स्वागत गर्दै उहाँहरुको उपस्थितिलाई हृदयदेखि नै धन्यवाद व्यक्त गरे । अन्त्यमा हजुरबुबा हजुरआमालाई उहाँहरुले मनपर्ने परिकार खुवाएर विद्यालयले बिदा गर्‍यो । विद्यासागरले केही वर्षदेखि चलाएको यो दिवस विद्यार्थी माझ मात्र नभएर हजुरबुवा हजुरआमाबीच पनि निकै लोकप्रिय बनेको छ। नातिनातिनाहरुले गीत गाउन लाग्दा र उनीहरुले नाच्न लाग्दा हजुरबा हजुरआमा पनि सँगै नाचीरहेका थिए उनीहरुको तालमा ताल मिलाइरहेका थिए । अरुका भेलाका लोकप्रिय गीतहरू विद्यार्थीहरूले गुञ्जमान बनाइरहँदा र आफूले सिकेका मादल बजाउने कला पियानो बजाउने कला सारङी रेट्ने कला सुनाइरहेका थिए। यसले हजुरबुवा हजुरआमाले ठूलो मनोरञ्जन दिइरहेका थिए र आफ्ना मनमा भएका पिरलाई त्यहाँ बहको माध्यमबाट पोखिरहेका देखिन्थे ।
आयोजक विद्यासागर स्कुल भए पनि त्यसको सम्पूर्ण व्यवस्थापन विद्यार्थीहरूले नै गरेका देखिन्थे उनीहरुले बुवा हजुरआमालाई डोराएर मेसम्म राख्दै खानेपानी उपलब्ध गराउँथे र अन्तिममा खाजा पनि खुवाए। स्वागत मन्तव्य हिरा शर्मा नेपालले राख्दा धन्यवाद ज्ञापन भने विनय मगरातीले गर्नुभयो । कार्यक्रममा सहभागी हजुरबुवा हजुरआमा भन्दै हुनुहुन्थ्यो। एक दिन भएपनि नातिनातिनाको स्कुलमा आएर मनको बह पोख्न पाएका छौं यसमा हामी निकै खुसी छौं।

तपाईको प्रतिक्रिया