स्कूल बस चालकको घर भत्किएपछि घरमै पुगेर विद्यार्थीले गरे सहयोग

बनेपा÷बिहान बेलुका आफुलाई सहज रुपमा यात्रा गराउने विद्यालय बसका चालक कृष्ण महतको घर साउन १९ गते परेको अबिरल बर्षापछि भत्किएको खबरले बनेपा–११ मा रहेको आर्दश विद्या मन्दिर (एबिएम) स्कुलका विद्यार्थी चिन्तित थिए । आफूलाई आरामदायक र सुरक्षित रुपमा यात्रा गराउने चालक (ब्रदर) लाई कसरी सहयोग गर्ने भन्ने सोच बनाउँदै गर्दा उनीहरुले आर्थिक सहायताको योजना बनाए । बनेपा–१२ चालक कृष्ण महतको घर भत्किएपछि उनीहरुले त्यसबारे विद्यार्थी कल्याण परिषद् र जुनियन रेडक्रस सोसाईटीको बैठक राखे । बैठकले चालक महतलाई सहयोग गर्ने निर्णय गर्याे । त्यसपछि सुरुभयो आर्थिक संकलन अभियान ।

आफूलाई नियमित रुपमा बसमा ल्याउने ब्रदरलाई सहयोग जुटाउन सकेकोमा निक्कै खुसी हुनेमध्येका सुशान्त थापा हुन् । ‘हाम्रो सुरक्षाको ध्यान दिने अभिभावकलाई सहयोग गर्न सकेकोमा निक्कै खुसी लागेको छ ’ उनले भने । साथीभाई मिलेर केही हजार रकम संकलन भयो । शिक्षक कर्मचारीले पनि सहयोग गर्नुभयो । स्कुल प्रशासनले पनि सहयोग गरेपछि केही दिनमा ४० हजार संकलन भयो । साउन १९ परेको पानी परेपछि महतको घर भत्किएको थियो ।
आफूलाई हसिलो मुहारले सधै घरबाट विद्यालय र विद्यालय घरसम्म लाने चालकलाई समस्या पर्दा खुसी लागेको विद्यार्थी कौशिल्या महतले सहयोग गर्न पाउँदा खुसी लागेको सुनााईन । सुभेच्छा भट्टराई पनि सामाजिक उत्तरदायित्व बहन गर्न पाएकोमा निक्कै खुसी देखिएकी छिन् ।
एबिएम विद्यालयका विद्यार्थीले संकलन गरेको रकममा शिक्षक कर्मचारीले स्वईच्छाले जम्मा पारेको रकमलाई प्रोत्साहन गर्न त्यसमा थपेर ४० हजार रुपियाँ जम्मा पारेर चालक महतको घरमै पुगेर हस्तान्तरण गरेका छन् । संस्थापक प्रिन्सिपल रामप्रसाद तिमल्सिना, मानवअधिकारकर्मी भोजराज तिमल्सिना, विद्यार्थी कल्याणकारी परिषद्का अध्यक्ष आयुष न्यौपाने , जुनियर रेडक्रसका सभापति रितिका गुइडेल उपस्थितमा रकम हस्तान्तरण गरिएको हो ।
सहयोग रकमले आफु राम्रो संस्थामा काम गरेको प्रमाणित भएको परिवारकै सदस्यको जस्तो भावना बोक्ने संस्था एबिएम रहेको पाएको चालक महतले उल्लेख गरे । उनले आफूमा काम गर्ने जोस जाँगर झन बढेको बताए । उनले राम्रो कर्मले फल पनि राम्रो दिने कुराको पुष्टी गरेको बताए । सहयोग गरेकोमा सबैलाई धन्यवाद दिए । आफ्नो श्रीमान्ले काम गर्ने स्कुलबाट आफूहरु समस्यामा परेको समयमा आएर सहयोग गरेकोमा परिवारको सदस्य भावबिहोल भएका थिए । आफूहरुले यस्तो सहयोगको अपेक्षा नै नगरेको र चालकको आमा र श्रीमतीले धन्यवाद दिएका छन् ।

तपाईको प्रतिक्रिया