सेन्टलम स्कुलमा पहिलो स्काउट दिक्षान्त समारोह सम्पन्न


श्रीखण्डपुरमा रहेको सेन्टलम स्कुलमा पहिलो स्काउट दिक्षान्त समारोह सम्पन्न भएकाछन् । नेपाल स्काउट सेन्टलम स्काउट ट्रपमा नव आगन्तुक २६ जना छात्र र ३६ छात्रा स्काउट गरी ६२ जना स्काउटहरु स्काउट सदस्यत वाट दिक्षित भएकाछन् । सेन्टलम स्कुलका प्रअ अग्नि प्रसाद ज्ञवलीको सभापतित्व भएको कार्यक्रममा पनौती नगरपालिका उप मेयर गिता बन्जाराको प्रमुख आतिथ्य तथा पूर्व राष्ट्रिय तर्दथ समिति सदस्य पुण्य राम गोठे विशिष्ट अतिथ्यमा प्रथम स्काउट दिक्षान्त समारोह सम्पन्न गरिएको हो ।

उक्त समारोहमा सहायक राष्ट्रिय प्रशिक्षक वावु काजी श्रेष्ठ , कृष्ण सुन्दर दुवाल को उपस्थित रहेको थियो । सम्पूर्ण नवदिक्षित स्काउट भाइबहिनीहरुमा बधाई तथा शुभकमना दिदै प्रअ ज्ञवलीले अझै थप जिम्मेवार भएर लाग्न बिद्यार्थीहरुलाई निर्देशन दिनु भएको थियो ।

 

तपाईको प्रतिक्रिया