भास्कर स्मृति प्रतिष्ठान द्वारा जेष्ठ नागरिक सम्मान कार्यक्रम हुने

बिष्णु  घिमिरे,

पूर्वजको मुल्य पुस्तौ देखि पुस्तामा उद्देश्य द्वारा स्थापित भास्कर स्मृति प्रतिष्ठान द्वारा जेष्ठ नागरिक सम्मान कार्यक्रम हुने  भएको छ । आउँदो ५  भदौ का दिन  पोखरा १३ काउखोला भाटसमाज सो कार्यक्रम  साथै  हरितालिका तीज बिशेष  कार्यक्रम हुने  भएको छ ।

भास्कर स्मृति प्रतिष्ठानका संयोजक अमर सापकोटाका अनुसार भाईचार  सदभाब, पैतृक संरचना, सामाजिक कार्य  गर्ने उदेश्यले भास्कर स्मृति प्रतिष्ठान स्थापना गरिएको बताए साथै उक्त दिन महिलाहरूको महान पर्व हरितालिका तिज कार्यक्रम समेत रहेको र सो कार्यक्रममा कलाकार तुलसी  श्रेष्ठ  र कृष्ण भट्टराई को बिशेष  प्रस्तुती रहने बताए भने कार्यक्रममा उपस्थित हुन सम्पूर्ण  पोखराबासी लाई आव्हन समेत गरेका छन ।

तपाईको प्रतिक्रिया