
बनेपा– आदर्श विद्या मन्दिर (एबीएम) स्कुल बनेपा निरन्तर प्रगतीको पथमा लम्किएको छ । स्थापनादेखि नै गुणस्तरीय शिक्षाको लागि प्रतिबद्ध रहेको सो विद्यालयले आफूलाई फरक ढंगबाट अघि बढाउँदै सफल बन्ने अभियानमा छ । सोही क्रममा सयौं विद्यार्थी, अभिभावक, साहित्यकार, संचारकर्मीको उपस्थितीमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत तथा १२ उर्तिण विद्यार्थीलाई भव्य विदाई गरेको छ ।

नेपाली भाषा विज्ञ, बरिष्ठ साहित्यकार, कवि एवं सामालोचक प्रा.डा राम प्रसाद ज्ञावालीको प्रमुख आतिथ्यता तथा प्राध्यापक भोजराज तिमल्सिनाको सभापतित्व रहेको थियो । कार्यक्रममा विद्यालयका बारेमा प्रिन्सिपल राम प्रसाद तिमल्सिनाले जानकारी गराउनुभयो । उहाँले विद्यालयको भौतिक प्रगति, शैक्षिक प्रगति, विद्यार्थी संख्या र हालसम्म भएको उपलब्धिको बारेमा जानकारी गराउनुभएको थियो ।

उहाँले सो अवसरमा कक्षा ११ मा १ सय ७२ जना भर्ना भएका छन् भने कक्षा १२ मा १ सय १८ जनामा १ सय १२ जना उत्र्तिण हुन सफल भएका थिए । स्थापनामा ३० जना विद्यार्थीबाट कक्षा शुरु गरिएको कक्षा ११ मा अहिले ११ सय भन्दा बढीले उत्र्तिण भइसकेका तिमल्सिनाले उल्लेख गर्नुभयो । विद्यालयमा पर्याप्त खेलकुद मैदान, फुटसल ग्राउन्ड, आफ्नै भवन, विद्यालयले आई एसो प्राप्त गरी शिक्षामा गुणस्तर लगाएत विविध विधामा उत्कृष्ट रहेको उल्लेख गर्नुभयो ।

प्रमुख अतिथी प्रा.डा रामप्रसाद ज्ञवालीले समयको र परिवर्तित शिक्षामा विशेष ध्यान दिन सुझाव दिनुभयो । उहाँले विद्यार्थीहरुले कस्तो शिक्षा चाहान्छन् त्यो अनुसार र अहिलेको परिवेससँगै सूचना प्रविधि क्षेत्रमा आएको परिवर्तनका कारण विद्यार्थीहरुमा पढ्ने वानीको विकास हराउदै गएकाले त्यस तर्फ अभिभावक र शिक्षकहरुले सोच्नु पर्ने बेला आएको उल्लेख गर्नुभयो । आर्दश बहुमुखी क्याम्पसका प्रमुख तिर्थराज दाहाल, आई एस ओ का अन्तराष्ट्रिय प्रतिनिधि शैलेन्द्र खरेल लगायतले शुभकामना मन्तब्य राख्नुभयो ।


तपाईको प्रतिक्रिया