संस्कार र सत्कार सिकाउँदै क्षितिज स्कुल


बनेपा÷बनेपामा रहेको क्षितिज ईङ्गलिश स्कुल बनेपाले प्रि प्राईमरी कक्षामा अध्ययनरत कुमार तथा कन्यालाई श्रीकृष्ण अष्टमीको अवसरमा पुजा गरेको छ ।
विद्यालयले हरेक बर्ष आयोजना गर्ने कार्यक्रमले संस्कार र सत्कार सिकाउन विशेष भुमिका खेल्ने विद्यालयका प्रिन्सिपल लिलाधर पौडेलले जानकारी दिनुभयो । उहाँले आफ्नो संकृतिको संरक्षणसँगै बालबालिकाहरुलाई सो पुजाका बारेमा जानकारी दिने उदेश्य राखिएको उहाँले बताउनुभयो ।
विद्यालयका १७५ जना बालबालिकाहरुलाई पुजा गरिएको थियो । कार्यक्रममा विद्यालयका संरक्षक गोविन्दलाल प्रधानाङ्ग, संञ्चालक समितिका अध्यक्ष विकास श्रेष्ठ, ब्यबस्थापन समितिका अध्यक्ष उदयराम कायस्थ, प्रिन्सिपल लिलाधर पौडेल, सहायक प्रिन्सिपल सुनिल चौधरी, शिक्षक÷शिक्षिकाहरु, प्राईमरी ईन्चार्ज लगायतले बालबालिकाहरुलाई पुजा गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया