समुदाय स्तरमा बृहत निःशुल्क दन्त शिविर

जब आम नागरिकको मुख स्वस्थ हुन्छ उनीहरूको शरीर पनि स्वस्थ हुन्छ भने मान्यता युरोपभरि छ । काभ्रेपलाञ्चोक जिल्लाको सबैभन्दा पुरानो नगरपालिकाको पुरानो बजार बनेपा वडा नं ९ मा पनि मानिसको दाँत र मुख स्वस्थ बनाउने उद्देश्यले बृहत निःशुल्क दन्त शिविरको आयोजना गरिएको छ ।
बनेपा नगरपालिका वडा नम्बर ९ मा निःशुल्क दन्त शिविरको आयोजना गरिएको छ। दछु टोल एक घर एक महिला समूहको आयोजना तथा समाज डेन्टलको प्राविधिक सहयोग तथा होटल ब्ल्याक एण्ड ह्वाइटको सहयोगमा बनेपा नगरपालिका वडा नम्बर ९ को कार्यालयमा निःशुल्क दन्त स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।
स्वास्थ्य शिविरमा ११० जनाले सेवा लिएका छन् । महिला समूहले आफ्ना सदस्यहरू र बालबालिकाहरूको मुखको स्वास्थ्यलाई राम्रो बनाउने उद्देश्यले सो स्वास्थ्य शिविर आयोजना गरिएको जानकारी दिएको छ । बनेपा नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा भएको उक्त शिविरमा सबै उमेर समूहका मानिसहरूले दन्त स्वास्थ्य लिनुभएको थियो । होटल ब्ल्याक एन्ड ह्वाइटका सञ्चालक निर्पेश बादेले सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले आफ्नो होटल र महिला समूहले सो स्वास्थ्य शिविरको आयोजना गरेको जानकारी दिनुभयो ।
समाज डेन्टलले अरु सेवामा थप २०% छुट दिने घोषणासमेत गरेको छ।

तपाईको प्रतिक्रिया