बौद्धमा वेवारिसे अवस्थामा फेला पर्याे, चोरीमा संम्लग्न ट्याक्सी दुई जना प्रहरी नियन्त्रणमा

 बनेपा÷आइतबार दिउँसो १ः३० बजे पनौती नगरपालिका वडा नं. ३, डिहीगाउँमा स्थानीय विश्वनाथ घिमिरेको घरमा दिउँसै चोरी भयो । बा २ ज ३९०७ नं. को ट्याक्सी लिएर आएको चोरको समूहले उक्त घरबाट ५ तोला भन्दा बढी सुन र केही नगद समेत चो¥यो । प्रहरीले पाँचदिनपछि वेवारिसे अवस्थामा छाँडिएको ट्याक्सी बौद्धमा फेला पारेको हो । इलाका प्रहरी कार्यालय, बनेपा, काभ्रेका प्रमुख डि.एस्पी रामेश्वर त्वाँतीले ट्याक्सी बौद्धमा फेला परेको र दुईजनालाई पक्राउ गरेको बताउनुभयो । उहाँले आवश्यक अनुशन्धान भैरहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया