लोकप्रिय बन्दै राष्ट्रिय सेवा दल, विद्यासागरमा अभिमुखीकरण

बनेपा÷अनुशासन नै राष्ट्रको सेवाको मूल जग हो” भन्ने आदर्श बोकेको राष्ट्रिय सेवा दल (एनसिसी) युवा विद्यार्थीको चरित्र, नेतृत्व गुणस्तर, खेलकुद भावना, निःस्वार्थ सेवाको आदर्श भावनाको विकास गरी जीवनका सबै क्षेत्रमा समर्पित नेतृत्व क्षमता अभिवृद्धि गर्न सफल भएको संस्था हो । काभ्रेकै पुरानो र प्रतिष्ठित विद्यालय विद्या सागर ईङ्गिस सेकेण्डरी स्कूल बनेपा–१० मा यो बर्षबाट एनसिसीको कक्षा संचालन गर्ने भएको छ । यसै सन्र्दभमा बुधबार विद्यालयमा असल नागरिक र भविष्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्षम कर्णधार तयार गर्ने लक्ष्य बोकेको अन्तर्राष्ट्रिय सञ्जाल भएको संस्था भएकाले यसले किशोर किशोरीमा सकारात्मक चिन्तन र अनुशासन सिकाउने नेपाली सेनाको श्री मेहर गण धुलिखेलले विद्यार्थी र अभिभावकसँग अन्तरकृया कार्यक्रमको आयोजना गरेको छ । गणका सेनानी ईश्वरकुमार बस्नेतले अभिमुखीकरण गर्नुभयो ।

एनसिसी विसं २०२२ मा नेपालमा स्थापना भएको हो । प्रधानमन्त्री एनसिसीको प्रमुख संरक्षक, रक्षामन्त्री तथा नेपाली सेनाका प्रधान सेनापति सहसंरक्षकको अभिभावकका रूपमा रहनाले पनि यसको गरिमा तथा महत्व पनि उत्तिकै बढेको छ । त्यसलाई ध्यानमा राखेर विद्यासागर स्कूलले सो कार्यक्रम यो बर्षबाट सुरु गरेको विद्यालयका प्रिन्सिपल हिरा शर्मा नेपालले जानकारी दिनुभयो ।
नेपाल सरकारले राष्ट्रिय सेवा दलमार्फत दक्ष युवा टोली निर्माण गर्दै देशका विभिन्न भागबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय युवालाई एकताबद्ध बनाउँदै अनुभव आदान प्रदान गर्ने, अनुशासित, इमानदार र जिम्मेवार नागरिकका रूपमा रूपान्तरण गर्दै आएको छ । जसले देशभक्तिको भावना जागृत गराउँदछ । फलस्वरूप एनसिसी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा युवा सङ्गठनका रूपमा विकसित हुँदै गएको पाईन्छ । यो तालिम लिएका युवाहरुले आफूलाई अन्तराष्ट्रिय जगतमा पनि नेपालको प्रतिनिधित्व गर्नेछन् ।

एनसिसी देशको राष्ट्रिय कार्यक्रम भए पनि नेपाली सेनाको उच्चस्तरको व्यवस्थापनमा पूर्ण रूपमा कार्यान्वयन तथा सञ्चालन हुन्छ । कार्यक्रम अनुसार सिनियर र जुनियर डिभिजनका लागि दुई प्रकारका तालिम हुन्छन् । विद्या सागरले यो पटक जुनियर डिभिजनमा कक्षा संचालन गर्ने र थप तालिम लिन सेनाकै व्यवस्थापनमा बर्दिबास पठाउने सो अवसरमा अभिभावकलाई जानकारी गराईएको थियो ।
तालिमहरूको मुख्य उद्देश्य विद्यार्थीको शारीरिक र मानसिक क्षमता अभिवृद्धि गरी अनुशासित, बफादार र देशप्रति समर्पित युवा सिर्जना गर्नु हो । जुनियर डिभिजनमा कक्षा ८ देखि १० सम्मका विद्यार्थी सहभागी हुन पाउँछन् भने सिनियर डिभिजनले दस जोड दुईका विद्यार्थीलाई अवसर प्रदान गर्दछ । विद्या सागरमा यो बर्ष कक्षा नौ का ३० जना छात्रा र छात्रले तालिम लिनेछन् ।

तालिम विशेष सैद्धान्तिक र व्यावहारिक ज्ञान दिन पाठ्यक्रमद्वारा निर्देशित गरिएको छ । यो कार्यक्रममा ७९ दिने तालिम, सम्बन्धित विद्यालयमा सञ्चालन हुन्छ भने बाँकी २१ दिन क्याडेटहरूका लागि नेपाली सेनाको ब्यारेकमा विशेष आवासीय क्याम्पसहित प्रशिक्षण आयोजना गरिन्छ । यो तालिम बर्दिबासमा गरिने सेनानी बस्नेतले जानकारी दिनुभयो ।
कार्यक्रममा विद्यार्थीलाई कुनै पनि शुल्क लाग्दैन । सहभागीहरूलाई पौष्टिक खाना र पेय पदार्थहरूका साथै विभिन्न प्रतिष्ठित पोसाकहरूका पूर्ण सेटहरू प्रदान गरिन्छ । विद्यालयमा हुने तालिममा पौष्टिक खाना खुवाईन्छ ।
१०० दिनको प्रशिक्षणपश्चात् क्याडेटहरूले प्रतिष्ठित पास आउट परेड प्रदर्शन गर्छन् । पिओपी कार्यक्रम पूरा भएपछि उनीहरूलाई योग्यता अनुसारको दज्र्यानी चिह्न प्रदान गरिन्छ । प्रत्येक वर्ष सात हजार ७०० भन्दा बढी क्याडेट दीक्षित हुने गरेका छन् । एनसिसीको स्थापना भएदेखि हालसम्म ८० हजारभन्दा बढी क्याडेट दीक्षित भइसकेका छन् ।
तालिम अवधिमा क्याडेटहरूलाई विभिन्न गतिविधि पिटी, ड्रिल, एरोबिक्स, गन फायरिङ (एसएलआरद्वारा र यसको मर्मतसम्भार), पर्खाल चढ्ने, घोडचढी, पौडी खेल्ने, वक्तृत्व कला, बालुवा मोडेल ब्रिफिङ, सांस्कृतिक कार्यक्रम, खेलकुद जस्ता विभिन्न किसिमका तालिम दिइन्छ ।


बन्दुक चलाउने, पर्खाल चढ्ने, घोडा चढ्नेहरू सिनियर डिभिजनका लागि मात्र हुने गरेको छ । साथै क्याडेटहरूले विज्ञहरूद्वारा विविध प्रकारका प्रेरणादायी कक्षाहरू, ट्राफिक नियम र विभिन्न रोगबारे सचेतना कक्षाहरूमा भाग लिन्छन् । प्राकृतिक प्रकोपमा उद्धार कार्यका केही आधारभूत अवधारणाहरू पनि प्रदर्शन गर्दै आवश्यक ज्ञान प्रदान गरिन्छ ।
एनसिसी सिनियर डिभिजन पास गरेपछि विद्यार्थीले आफ्नो अनुभव यसरी व्यक्त गर्ने गरेका छन् । यति लामो समय घरबाट टाढा पहिलो पटक भए पनि यो तालिम धेरै फलदायी भयो । विद्यार्थीका लागि जीवन उपयोगी गतिविधिहरू अनुशासन, समय व्यवस्थापन, नेतृत्व गुण, लगनशीलता, शारीरिक व्यायाम अभ्यास, जीवन बाँच्ने कला, टोली निर्माण आदि पनि सहभागीहरूले बताएका छन् । बुधबार पनि सिनियर विद्यार्थीले आफ्नो अनुभव सुनाउनुभएको थियो ।
तालिमबाट सामाजिक भावनाको विकास, कर्मप्रतिको लगनशीलता र अरूप्रतिको सम्मान र जिम्मेवारपूर्ण व्यवहारलगायतका सकारात्मक परिवर्तन पाएको खुसी व्यक्त गर्ने अभिभावक पनि धेरै छन् ।
तालिमले बच्चामा आत्मविश्वासमा उल्लेखनीय सुधार आएको पनि बताउनुभयो । विद्यालयको पहिलो प्राथमिकता विद्यार्थीका लागि शैक्षिक अध्ययन नै हो तर शैक्षिक पाठ्यक्रम एनसिसी कार्यक्रम एकैसाथ सञ्चालन गर्नका लागि शैक्षिक क्यालेन्डरलाई प्रभावकारी रूपमा व्यवस्थित गरिएको हुन्छ । जसका कारण उनीहरूको नियमित पठन पाठनमा कुनै असर पर्दैन । ढुक्क हुन सेनाले अभिभावकलाई अनुरोध गरेको छ ।

एनसिसीको उद्देश्य क्याडेटहरूलाई भविष्यमा सेना बनाउन नभई तिनीहरूलाई सक्षम, शारीरिक रूपमा बलियो, जिम्मेवार, सहानुभूतिपूर्ण नेतृत्व क्षमता भएका नागरिकका रूपमा रूपान्तरण गर्नु हो । क्याडेटहरूमध्ये उत्कृष्ट प्रदर्शन गर्नेहरूले युवा आदानप्रदान कार्यव्रmम अन्तर्गत सार्क राष्ट्रहरू र सिङ्गापुर भ्रमण गर्ने र राष्ट्रका उच्च स्तरका नेतृत्वहरूसँग अन्तव्रिर्mया गर्ने अवसर पनि पाउँछन् । तसर्थ समग्रमा एनसिसी कार्यक्रम युवा दिमागका लागि एक व्यापक प्याकेज हो किनभने युवा परिवारको भविष्य मात्र नभई राष्ट्रको भविष्य पनि हुन् । काभ्रेपलाञ्चोक जिल्लाको पुरानोमध्येको एक संस्थागत विद्यालय विद्यासागर सेकण्डरी स्कूलमा राष्ट्रिय सेवा दलको तालिम संञ्चालन हुने भएपछि शिक्षक, विद्यार्थीमा उर्जाको संचार भएको छ ।

तपाईको प्रतिक्रिया