
माईती नेपालको संस्थापक अध्यक्ष सिएनएन हिरो अनुराधा कोईरालासँगै बसेर फोटो खिच्ने कल्पना गर्ने पनौती–११ बल्थलीको स्वास्थ्य स्वयसेविका मनकुमारी लामाले जीवनमा उनेकौ हातबाट नगद १० हजार सहित सम्मानित हुने सपनामा पनि सोचेकी थिईनन् ।
सामान्य पढाई विकट गाउँको हुर्काईपछि ग्रामीण स्वास्थ्य कार्यकर्ता बनेर स्वयसेविका बनेर उनले गाउँमा विशेष गरेर तामाङ समुदायमा स्वास्थ्यको सचेतना जगाउने काम गरिरहेकी थिईन् । केही दिनअघि उहाँलाई सम्मान हुने फोन पनौती नगरपालिकाको स्वास्थ्य शाखाले गर्याे । त्यसपछि बुधबार पनौती आईटी पार्क अघि रहेको लोटस ईभेन्टमा आयोजित विशेष समारोहमा कोईरालाको हातबाट सम्मानित हुने अवसर पाईन् ।
सावित्रीदेवी प्रतिष्ठानले उनलाई बुधबार एक कार्यक्रमकाबीचमा सम्मान गरेको छ । काभ्रेका प्रतिष्ठित व्यक्तित्वको माझमा उनलाई पनौती नगरपालिकाको स्वास्थ्य शाखाको सिफारिसमा सम्मान गरिएको हो । उनीसँगै बल्थलीकै अनिस्मा तामाङलाई दश हजार नगद सहित सम्मान गरिएको छ । भक्तपुरको बागेश्वरी माविका कक्षा १२ अध्ययरत विद्यार्थी लामाको भबिष्यमा चार्टर एकाउन्टेन बन्ने लक्ष्य बोकेको र सो अध्यनका लागि सहयोग पुगोस् भनेर सम्मान गरिएको अध्यक्ष रामईन्द्र न्यौपानेले उल्लेख गरे । उनीसँगै खोपासीका सहकारी अभियान्ता भरतप्रसाद शर्मालाई नगद २५ हजार रुपियाँले सम्मान गरिएको छ । समुदायमा उल्लेख्य सहयोग गर्ने डा. आशिष लामिछानेलाई नगद २५ हजारले सम्मान गरिएको छ ।
जेष्ठ नागरिकको उपस्थितीमा भएको कार्यक्रममा बोल्दै कोईरालाले समाजमा लागु औषधको समस्या बढेको बताईन् । उनले अहिले डिक्सो, बार र क्लबका सिधै त्यस्ता कुराको ध्यान सरकारले केन्द्रीत गर्न अनुरोध गरिन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यलाई उनले सरकारलाई ध्यानाकर्षण गराउन अनुरोध गरिन् । १३ देखि १९ बर्षसम्मका बालबालिकाहरुमा यस्तो लत देखिएको र बिक्रीहुनु राम्रो कुरा नभएको उनले बताईन् ।
कार्यक्रममा डा.राजेन्द्र कोजू, नेपाली कांग्रेसका नेता मधुप्रसाद आचार्य, युवा अभियन्ता भुषण श्रेष्ठ लगायतले प्रतिष्ठानले खेलेको भुमिकाको बारेमा बोलेका थिए । प्रतिष्ठानले खोपासीका जेष्ठ नागरिकका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । श्रेष्ठले २५ हजार नगद सहयोग गरेका छन् । प्रतिष्ठानको कार्यक्रममा प्रतिष्ठानका आजिवन सदस्य, परिवारका सदस्य, जेष्ठ नागरिक, संचारकर्मीको उपस्थिती रहेको थियो । प्रतिष्ठानको कार्यक्रममा प्रतिष्ठानका आजिवन सदस्य, परिवारका सदस्य, जेष्ठ नागरिक, संचारकर्मीको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन दिनेश न्यौपानेले गरेका थिए ।
पनौती ११ का वडाअध्यक्ष विपिन लामा, नेपाली सेनाका श्री मेहर गणका गणपती, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष लगायतको उपस्थिती थियो ।

तपाईको प्रतिक्रिया