भोटेकोशी र सुनकोशी क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्र

भोटेकोशी र सुनकोशी नदी आसपास बसोबास गर्ने मानिसलाई सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक, चौतराले सूचना जारी गर्दै भोटेकोशी र सुनकोशी नदी आसपास बसोबास गर्ने मानिसलाई सतर्कता अपनाउन अनुरोध गरेको हो ।

असार ३ देखि ७ गतेसम्म छिमेकी राष्ट्र चीनको भोटेकोशी नदी भई बग्ने तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुन सक्ने सम्भावना रहेको भनी चीनको प्रहरी कार्यालयबाट सूचना प्राप्त भएकोले प्रशासन कार्यालयले यस्तो अनुरोध गरेको हो ।

प्रशासन कार्यालयले भोटेकोशी र सुनकोशी नदी आसपास (भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपलिकाको भोटेकोशी, सुनकोशी नदि आसपास)  क्षेत्रमा जोखिममा रहेको जनाएको छ ।

यसैगरी, नेपालको मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम प्रदेशको डडेल्धुरा र कैलालीमा भारी वर्षा परेको र वरपरका जिल्लामा पनि वर्षा भइरहेको उल्लेख गरेको छ । अहिले सबै प्रदेशका विभिन्न जिल्लामा पानी परिरहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमानको अनुरोध छ

तपाईको प्रतिक्रिया