बनेपा प्याब्सनको अग्रेजी हस्तलेखन प्रतियोगिता

बनेपा÷निजी तथा आवाशिय विद्यालय अग्रनाईजेशन (प्याब्सन)ले विद्यार्थीलाई घोकाउने मात्रै हैन अरेक क्षेत्रमा अब्बल बनाउन प्रयास गर्छ । एकसाता अघि फुटसल प्रतियोगिता आयोजना गरेको बनेपा प्याब्सनले मंगलबार प्याब्सनमा आबद्ध अन्तर विद्यालय प्राथमिक तह स्तरीय अंग्रेजी हेन्ड राईटिङ हस्तलेखन प्रतियोगिताको आयोजना गरेको छ । प्रतियोगिताको छात्रा र छात्रतर्फ विद्यासागर माविले दोहोरो पुरस्कार जितेको छ । विद्यासागर स्कूलको छात्रा विदिषा झाले प्रथम स्थान प्राप्त गरेकी छिन् । प्याब्सनका केन्द्रीय सचिवालय सदस्य हिरा शर्मा नेपाल प्रिन्सिपल रहेको सो विद्यालयले छात्र तर्फ पनि दोश्रो पुरस्कार जित्न सफल भयो । बनेपाका २७ विद्यालयका विद्यार्थी प्रतियोगितामा सहभागिता भएका थिए ।
ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा भएको सो प्रतियोगितामा छात्रा तर्फ सान्भी त्रिपाठी दोश्रो र विकटेश्वर माविकी सरिना भुजेलले तेश्रो स्थान हासिल गर्न सफल भईन् । करिश्मा राईले सात्वना पुरस्कार जितिन् ।
छात्रतर्फ साजन अधिकारी प्रथम भए । विद्यासागर माविकै छात्र रुसन श्रेष्ठले दोश्रो भए । एद्भिक धिताल तेश्रोहुँदा प्रगति प्रभाग एकेडेमीका छात्र रेम्दमदेव थापाले सात्वना पुरस्कार पाए ।
प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेलले पुरस्कार वितरण गर्दै प्याब्सनले विद्यार्थीको आन्तरिक क्षमतालाई प्रष्फुटन गराउन अतिरिक्त कृयाकलापले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले प्याब्सन काभ्रेले विभिन्न नगरपालिकामा रहेका प्याब्सनहरुले कार्यक्रम गर्ने उल्लेख गर्नुभयो । बनेपा प्याब्सनका अध्यक्ष महेन्द्र बिष्टले अध्ययनसँगसँगै विद्यार्थीलाई पढाईमा मद्धत पुग्ने कार्यहरु गर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया