
काभ्रेमा धेरै पटक रक्तदान गर्नेहरु र तत्कालै रगत दान गर्नेहरुलाई विश्व रक्तदाता दिवसको अवसरमा सम्मानित भएका छन् । सम्मानित हुनेमा चार जना काभ्रेका कृयाशिल पत्रकार छन् । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष नारायण सापकोटा, कोषाध्यक्ष केशवराज पौडेल, अग्रज पत्रकार प्रल्हाद शर्मा हुँमागाई र रद्युनाथ हुँमागाई सम्मानित भए । जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोकको समन्वयममा दिवसको अवसरमा आयोजित उत्प्रेरणा तथा सम्मान कार्यक्रममा धेरै पटक, बढी रक्त तत्व संकलन गर्ने संघसंस्था र तत्काल उपलव्ध भएर रक्तदान गर्नेहरु सम्मानित भएका हुन् ।

लसम्म १ सय १२ पटक रक्तदान गरेका पूर्व अध्यक्ष नारायण सापकोटा, रघुनाथ हुमागाई, एकै बर्ष ४ पटक रक्तदान गरेका धुलिखेलका रमेशप्रसाद हुमागाईसहित ५० पटक भन्दा बढी रक्तदान गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । सबैभन्दा बढी ८७ पिन्ट रक्ततत्व संकलन गर्ने भुम्लु गाउँपालिका, ज्योती मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था, धेरै पटक कार्यक्रम आयोजना गर्ने नेपाल रेडक्रस सोसाइटी पनौती उपशाखा, बार्षिक कार्ययोजनामा रक्तदान समावेश गर्ने सानिमा बैंक र रक्तदानको लागि तत्काल उपलव्ध हुने नेगेटिभ रक्त समूहका केशवराज पौडेलसहित विभिन्न रक्तदाता र संस्थालाई सम्मान गरिएको थियो । त्यस्तै विन्धवासिनी साकोस लगायतलाई सम्मान गरियो ।

बनेपा नगरपालिका प्रमुख शान्तीरत्न शाक्य, जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख रागिश्री कक्षपति श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोकका सभापति देवेन्द्रप्रसाद भैल लगायतले उनीहरुलाई सम्मान गरेका थिए । रक्तदान गर्न उत्प्रेरणा गरिएको कार्यक्रममा २२ जनाले रक्तदान गरेको रक्तसञ्चार सेवा समितिका संयोजक समेत रहेका नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोकका सदस्य कृपेन्द्र वैदारले उल्लेख गरे ।

रगत आवश्यक परेको समयमा तत्काल गएर रगत दान गर्ने अनुज सापकोटालाई सम्मान गरियो ।

तपाईको प्रतिक्रिया