टिपी शर्मा , नमोबुद्ध काभ्रे ।
———–
म जहाँ बसे
अथवा, जसरी बसे !
थ्याच्च बसेजस्तो लाग्दैन
अर्थात, गजधम्म परेजस्तो लाग्दैन।
सोचे !!
र, स्नेहका फूलहरु रोपे
लाग्यो !!
चेतनामा पनि विकास फूल्छ
वा, जागृतीमा पनि विकास झूल्छ।
थालेको थिए !
सहभागिताको खेती
अर्थात, सहकार्यको राजनीति
जहाँबाट देश देखिन्छ
देशको समृद्धि लेखिन्छ
र, मान्छेहरुमा सहृदयता भेटिन्छ।
त्यही सहृदयताका पाइलाहरुले
नमोबुद्ध भेटिन्छ।
अर्थात, यही पथबाट हिडेर
हिडिरहनेछु निरन्तर।
र, मेरो अनुपस्थितिमा पनि
ज्वाजल्यमान बुद्ध मुस्कुराइ रहनेछ
ज्योतिर्मय हुनेछ, —
र, गर्वले मेरो आस्था
समर्पण हुनेछ बुद्ध शरणागतमा
बुद्धम शरण गच्छामी !!!!!
र, गुञ्जीरहनेछ, — नमोबुद्धमा
बुद्धका अनुमोल त्रिपिटक र अष्टमार्गहरु।
अर्थात, — मेरा निष्ठाका
अनन्त आकांक्षा
र, मैले देखेका सपनाहरुको
यथार्थ स्वरुप !!

तपाईको प्रतिक्रिया