धुलिखेल÷काठमाडौं उपत्यकामा खपत हुने तरकारीको २० प्रतिशत योगदान दिने काभ्रेपलाञ्चोक जिल्लाको उत्पादन बढाउन स्थानीय तह,किसानसँग जिल्ला कृषि विकास कार्यालयले सहकार्य गरेर अघि बढेको छ ।
जिल्ला कृषि विकास कार्यालय काभ्रेले एक बर्षमा गरेको कार्यकले सो कुराको पुष्टि गरेको सरोकारवालाले उल्लेख गरेका छन् । जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, स्थानीय तहका प्रमुख तथा संचारकर्मीको उपस्थितीमा एक बर्षमा भएको प्रगतिको विवरण सार्वजनिक कार्यक्रममा काभ्रेका १३ वटा स्थानीय तहमा नै कृषि विकास कार्यालयले आफ्नो उपस्थिती देखाएको देखिन्छ ।
कूलो निर्माण मर्मत सम्भार, ईनार निर्माण र सोलार लिफ्टसँगै पानी संकलन केन्द्रसँगै बाली संरक्षणको कार्यमा पनि सहयोग गरेको देखिएको छ ।
कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडीले समुदायमा आधारित एक बडा एक कृषि उत्पादन कार्यक्रम, कृषि विकास कार्यक्रम, साना सिंचाई कार्यक्रम र कृषि यान्त्रिकरणको कार्य हुँदै आएको जानकारी दिनुभयो ।
कृषि उद्यमशिलता विकास कार्यक्रम, स्थतगत तालिम, बाली उपचार शिविर तथा माटो परीक्षण सुधार कार्यक्रम, कृषक पाठशाला र उन्नत कृषि प्रविधि प्रर्दशन कार्यक्रम गर्दै आएको छ । कार्यालयले बीउ बिजन तथा बिषादी बिक्रेताको ईजाजपत्र, स्थानीय तहलाई प्राविधिक सहयोग, कृषि प्राविधिक कार्य समुहको बैठक र सचालित कार्यक्रमहरुको संयुक्त रुपमा अनुगमन तथा निरीक्षण गर्ने गरेको छ । कार्यालयले साना सिचाई, उद्यमशिलता विकास कार्यक्रम,संरक्षित संरचनाममा तरकारी खेती, फलफूलखेती र एकीकृत खाद्य तत्व व्यवस्थापन तथा शत्रु जिव व्यवस्थापनको काम गर्दै आएको छ ।
काभ्रेमा तरकारी, मौरी, कफी, च्याउ प्रर्बद्धनका कार्य गर्न सकिने उहाँले बताउनुभयो । कृषकले राम्रो उत्पादन गर्न माटो सुधार कार्यक्रमको लागि काम गरिरहेको उहाँले स्पष्ट पार्नुभयो ।
माटो सुधारदेखि किसानको उत्पादनको बजारीकरणमा सहयोग
2025-05-21T08:10:10+05:45
तपाईको प्रतिक्रिया