पाँचखालको बागवानी विकास केन्द्र ५० बर्ष पुरा


पाँचखाल÷बिस २०३१ मा स्थापना भएको बृहत्त बागवानी केन्द्रले त्यहाँका किसानको आयस्रोत बढाउने काम गरिरहेको छ । नाम परिवर्तन हुँदै हाल बागवानी विकास केन्द्रको रुपमा रहेको केन्द्रले एक बर्षमा गरेको कामको प्रगति विवरण र आगामी बर्ष गर्ने कामको योजना बनाएको छ ।


बरिष्ठ बागवानी विकास अधिकृत बिष्णु बोगटीले धुलिखेलमा आयोजित कार्यक्रममा त्रयोमासिक प्रतिवेदन सार्वजनिक गर्नुहुँदै केन्द्रले गरेको गतिविधिको बारेमा जानकारी गराउनुभयो । १५२ रोपनीमा फैलिएको केन्द्रले बीउ आलु, तरकारीको बीउ, तरकारीको बेर्ना उत्पादन गर्दै आएको छ । केन्द्रले फलफूलको बिरुवा उत्पादन गर्ने गरेको छ । त्यसमा आँप, लिची, रुखकटहर, मेवा, कागतीरु, मेकाडेमियानटको उत्पादन गर्दै आएका छन् । केन्द्रले कफीको बिरुवा उत्पादन र मसला बालीको बीउ उत्पादन(बेसार) गरिरहेको छ ।
केन्द्रले धानको बीउ, आलङ्कारिक बिरुवा सयपत्री फूलको उत्पादन र परीक्षणहरु संचालन गरिरहेका छन् । केन्द्रले जर्मप्लाज्महरु संकलन, सम्र्बद्धन र संरक्षणमा प्रयास गरिरहेका छन् । केन्द्रले कृषकस्तरमा तालिम र प्राविधिक सेवा प्रदान गर्ने गरेका छन् । नेदारल्याण्डबाट ल्याईएको आलुको सफल परीक्षण गरेर केन्द्रले मुल बीउ उत्पादन गरिरहेका छन् । बीउ आलु उत्पादनमा भएको प्रयोग सफल भएको छ । यो बर्ष बेसारमा प्लाष्टिक मल्चिङ प्रयोग परीक्षण तथा अध्ययनको काम गर्ने योजना अघि सारेको छ । आलुबालीमा हुने लाभ लागत अध्ययन तथा बीउ आलु टुसाउनको लागि थेयुरियाको प्रयोग अध्ययन परीक्षण गर्ने योजना अघि सारेको छ ।
एक बर्षमा कम्तिमा १३ हजार बिरुवाको बोट वितरण गर्ने लक्ष्य बोकेको केन्द्रले ३५ हेक्टर जमिनमा फलफूल खेती विस्तार गर्ने बताईएको छ ।

तपाईको प्रतिक्रिया