बढ्दैछ काभ्रेमा आर्थिक अपराध

नेपाल परिवार नियोजन संघ बनेपाको कार्यालयसँगैको आदिरत्न शाक्यको घरबाट अवैध सुन चाँदीका गरगहना बनाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
बनेपा न.पा. ७ परिवार नियोजन चोकस्थित रहेको मनकामना ज्वेलर्स एण्ड मेकिङ सेन्टरबाट अबैध सुनका गर–गहना सहित चार जना पक्राउ परेको प्रहरीले पुष्टि गरेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक मिन बहादुर घलेले मनकामना ज्वेलर्स एण्ड मेकिङ सेन्टरमा खानतलासी गर्दा उक्त जेलर्सका संचालक देश भारत पश्चिम बंगाल राज्य मदनपुर जिल्ला पसवाई ग्राम पञ्चायत दासपुर थाना घर भएको बर्ष ४७ को दिपंकर मैतीको कोठाबाट सुन जस्तो देखिने पहेलो धातुका गर–गहना ६७८.८३ ग्राम, भारतीय रुपियाँ नगद पच्चिस हजार तीन सय दश र नेपाली नगद एक लाख एकाईस हजार पाँच सहित पक्राउ गरेको हो । उनैसँगै भारत पश्चिम बंगाल मेदिनिपुर निजामपुर घर भई पाँचखाल न.पा. ४ बस्ने बर्ष ३० को सुमन सासमोलबाट २३.०८० ग्राम सुनको धातु जस्तो देखिने टुक्राहरु, जोतभन्साम घर भइ बनेपा न.पा. ७ बस्ने बर्ष ३८ को ऋषीकेश गोड्सेको कोठाबाट चाँदी जस्तो धातु ३२७.७५० ग्राम, बर्ष २२ को बिजय घोराई र बर्ष ३८ को दिपंशकर साउलाई पक्राउ गरी बरामदी सामान र नगद सहित थप अनुसन्धानको लागी राजश्व अनुसन्धान बिभाग हरीहर भवन ललितपुर पठाएको जनाएको छ ।
त्यसैगरी मंगलबार स्रोत नखुलेको नेपाली रकम पच्चीस लाख बरामद गरेको छ । सिन्धुपाल्चोक जिल्ला ईन्द्रावती गा.पा.०१ बस्ने बर्ष २१ को राजन धमला र सप्तरी जिल्ला छिनमस्त गा.पा. ६ बस्ने बर्ष ३८ को संजय कुमार साहलाई प्रहरीले पक्राउ गरी अनुसन्धानका लागि राजश्व अनुसन्धान बिभाग हरीहर भवन पठाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया