अखिल नेपाल फुटबल संघ (एन्फा) को नियमित साधारण सभा शुक्रबार धुलिखेलमा सम्पन्न भएको छ । एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङको अध्यक्षतामा भएको साधरण सभामा फुटबल खेलको विकासका लागि भएका गतिविधि र आगामी योजनाका बारेमा बृहत छलफल गरिएको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले खेलेर केही हुन्छ भन्ने सन्देश एन्फाले दिएको भन्दै प्रशंसा गरे । उनले
विगत वर्षमा गरेका गतिविधिहरुले मुलुकको नाम राख्न सफल भएको बताउँदै खेल खेलेर के हुन्छ र भन्ने निराशापनलाई हटाउन सफल भएको उल्लेख गरे ।
खेलाडीहरुलाई पुरस्कृत गर्ने र पुरस्कार राशीको कानूनी ब्यवस्था गरेर खेलाडीहरुको हौसला बढाएको बताउँदै उनले आगामी दिनमा खेल र खेलका बारेमा अझै शशक्त बनाउँदै लैजान समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाए ।
एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङले एन्फाले गत वर्ष असिमित उपलब्धी हासिल गरेको बताउँदै आगामी वर्षको कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।
एन्फाका पूर्व अध्यक्ष गणेश थापा र उनका छोरालाई साधारण सभामा प्रवेश नदिएको भन्दै केहि बेर विवाद भएपनि साधारण सभा शानदार रुपले सफल भएको एन्फा प्रवक्ता शाहले बताए । अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारणसभाले वार्षिक क्यालेन्डर तथा नयाँ बजेट पनि अनुमोदन गरेको छ । एन्फाको यो वर्षको बजेट १ अर्ब ५६ करोड छ । एन्फाको क्यालेण्डर अनुसार एन्फा प्रेसिडेन्ट लिग २०२५ २०८२ जेठ ५ – जेठ २४ गने गर्ने जनाएको छ । प्रोभिन्स लिग च्याम्पियन्स, १० टोली सहभागि हुने क्यालेण्डरमा उल्लेख गरिएको छ । यू–१६ फुटबल स्कुल च्याम्पियनसिप, जिल्ला र प्रदेश यू–१६ र यू–१७ प्रतियोगिता २०८२ बैशाख देखि असोजसम्म गर्ने क्यालेण्डरमा जनाईएको छ ।
तपाईको प्रतिक्रिया