बनेपा÷ज्योति एकेडेमीका विद्यार्थीले शुक्रबार बनेपा तिनदोबाटोमा चण्डेश्वरी जात्राको अवसरमा रथ निकालेका छन् । आराध्यदेवी माई चण्डेश्वरीको जात्रा सुरु भएसँगै त्यहाँका विद्यार्थीले एक साता लगाएर तयार पारेको रथ निकालेका हुन् ।
सानो आकारको रथ बनाएर विद्यार्थीले तिनदोवाटोसम्म रथ लगेका थिए । आफ्ना छोराछोरी सदियौदेखिको परम्परा जोगाउन पाएकोमा औधि खुसी भएका छन् । आफूले गर्ने जात्रामा प्रयोग हुने रथ जस्तै बनाएर बजार परिक्रमा गराएपछि आफूले राम्रो विद्यालयमा आफ्ना छोराछोरीलाई पढाएको भन्दै खुसी भएका हुन् ।
विद्यार्थी पनि स्थानीय पाठ्यक्रममा चण्डेश्वरी जात्राको जस्तै व्यवहारिक ज्ञान पाएकोमा खुसी भएका छन् ।
विद्यालयका प्रिन्सिपल विद्यार्थीले यो बर्ष रथ बनाउन प्रस्ताव गरेसँगै स्वीकृत प्रदान गरेर निर्माण गरेको उहाँले उल्लेख गर्नुभयो । रथजात्रासँगै शैक्षिकसत्र २०८१ मा उत्कृष्ट भएका विद्यार्थीलाई विद्यालयले पुरस्कार वितरण गरेको छ । हरेक कक्षाबाट उत्कृष्ट तीनलाई सम्मान गरेको उहाँले बताउनुभयो । यो बर्ष सो विद्यालयमा नयाँ भर्ना भएका १२० जना विद्यार्थीलाई स्वागत गरिएको छ ।
ज्योति एकेडेमीका विद्यार्थीले चण्डेश्वरीको रथ निकालेपछि
2025-05-09T18:59:35+05:45
तपाईको प्रतिक्रिया