शिक्षामा कचहरी विद्यार्थीमा भरिएको आत्मविश्वास

ढुंखर्क÷बेथानचोक गाउँपालिकामा ८ महिनादेखि संचालन गरिएको शिक्षामा कचहरी परियोजनाको समाापनमा विद्यार्थीले यो समयमा आत्मविश्वाससँगै आफ्ना कुरा राख्न सक्ने भएको उल्लेख गरेका छन् । बालबालिकाले आफ्नो आवाज आफ्नो लागि बोल्न पाएका छन् ।
बेथानचोक गाउँपालिकाको वडा नं २, ३ र ४ मा रहेका तीनवटा माध्यामिक विद्यालयमा आठ महिना चलेको परियोजनाले बालबालिकाको दृष्टि, अनुभवलाई नाटक र संवादको माध्यमबाट बाहिर ल्याएका छन् ।
सुरुमा केही बोल्न नसक्ने र आफ्ना कुरा निर्धक्क भएर राख्न पनि धक मान्ने विद्यार्थीमा चौतर्फी सफलताका मिलेको समापन कार्यक्रमममा सहभागी विद्यार्थीले उल्लेख गरेका छन् ।
बेथानचोक गाउँपालिकाको कृष्णगोपाल मावि, पार्वती मावि र सरस्वती माविका ७७ जना विद्यार्थीहरुले प्रत्यक्ष रुपमा शिक्षामा कचहरीमा सहभागी बन्दा त्यसले रचनात्मक विकास गराएको उनीहरुले उल्लेख गरेका छन् ।
बेथानचोक गाउँपालिकाको सभाहलमा ‘शिक्षामा कचहरी’ परियोजनाको औपचारिक समापन कार्यक्रम भव्यरूपमा सम्पन्न भएसँगै बेथानचोक गाउँपालिकाभरी विस्तारको माग समेत गरिएको छ ।
परियोजनाले विद्यार्थी, शिक्षक, अभिभावक र समुदायलाई शिक्षामैत्री संवादमा जोड्ने महत्वपूर्ण भूमिका खेलेको विश्वास लिइएको छ । समापन समारोहमा बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीको प्रमुख आतिथ्यता, फ्रिडम टु लर्न नेपालका अध्यक्ष प्रा. डा. निलम कुमार शर्माको सभापतित्व, र फ्रिडम टु लर्न युकेकी प्रमुख कार्यकारी अधिकृति जोय ओवनको विशिष्ट आतिथ्यता रहेको थियो । त्यस्तै, परियोजनाका सम्पूर्ण गतिविधिहरू समेटिएको ‘शिक्षामा कचहरी – बेथानचोक’ नामक पुस्तिकाको लोकार्पण पनि गरिएको थियो । विद्यालयलाई ’फ्रिडम टु लर्न’ अक्षयकोष स्थापनार्थ प्रतीकात्मक रूपमा एक लाख ११ हजार रुपियाँको चेक हस्तान्तरण गरिएको थियो – जसले भविष्यमा शिक्षामा थप लगानी र निरन्तरता सुनिश्चित गर्ने विश्वास लिएको छ ।
गाउँपालिकाका अध्यक्ष अधिकारीले शिक्षामा कचहरीले बालबालिकाको चौतर्फी विकासमा सहयोग थपेको उल्लेख गर्नुभयो । उहाँले यस्ता रचनात्मक कार्य अरु विद्यालयमा पनि थप गर्न आवश्यक रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया